एजेन्सी, १८ साउन । विश्वमा यस्ता धेरै सुन्दर ठाँउहरु छन् तर सौन्दर्यताको बावजूद पनि ती स्थानहरु आज बिरानो बनेका छन् । ती स्थानहरुलाई प्रकृतिले सुन्दर बनाए पनि त्यहाँ मानिसहरु आवतजावत गर्दैनन् । आज हामी तपाईलाई विश्वका त्यस्ता पाँच ठाँउहरुको बारेमा बताउँदैछौं ।

१. भूताहा गुडियाको टापू
मेक्सिको शहरको बाहिरी इलाकामा एउटा टापू छ, जसलाई आइल्याण्ड अफ डल्स भनिन्छ । त्यहा हजारौं टुटे फुटेका गुडियाहरु भित्ता र रुखका लहराहरुमा टांगिएको छ । ती गुडियाहरुलाई त्यसरी टांग्नुको पछाडी एउटा रहस्यमयी कहानी छ । भनिन्छ । त्यस टापूको हेरचाहका लागि पहिले त्यहाँ एकजना मान्छे बस्दथे । एकदिन उनले समुद्रमा लहरमा एउटा सानी बच्चीको लाश फेला भेट्याए जसको साथमा एउटा गुडिया थियो । ती मानिसले बच्ची लाशलाई गाडे पछि उसको सम्झना स्वरुप उनको गुडियालाई एउटा रुखमा टांगिदिए । केही समय पछि उनको सपनामा त्यो बच्ची आएर डर देखाउन थाल्यो । त्यस घटनापछि ती मानिसले आफ्नो जीवनको बाँकी ५० वर्ष त्यही टापूमा गुडियाहरु टाँगेर बिताए । यस पुरै घटनामा अचम्मको कुरा के छ भने जब ती मानिस मरे तब उनको लाश त्यहीँ स्थानमा फेला परेको थियो, जहाँ उनले ती बच्चीलाई गाडेका थिए ।
२. हाउस अफ द बल्गेरियन कम्युनिष्ट पार्टी

१९८१ मा बनेको त्यो स्थान सोवियत युगमा बल्गेरियन कम्युनिष्ट दलको केन्द्र हुन्थ्यो । तर एक दशकभन्दा कम समयमै सोवियत संघको सदस्य देश र गैर सदस्य देशहरुबीचको सीमा आयरन करटेन टुटेपछि त्यो भवन सोवियत युगको अन्त्यको प्रतिक बन्यो । विस्तारी भवन वास्ता र स्याहारको कमिले जर्जर बन्यो र खण्डरमा परिणत भयो । पछि त्यसलाई पर्यटकीय क्षेत्रको रुपमा पनि विकास गर्ने प्रयास गरियो तर लागत धेरै लाग्ने भएपछि त्यो आज निर्जन बनेको छ ।
३. मार्लबोरो मनोरोग अस्पताल

यो अस्पताल अमेरिकामा आफ्नो कालो इतिहाँसको लागि चर्चित छ । १९३१ मा खुलेको यो अस्पतालमा ६५ वटा अचम्मको घटनाहरु घटे । जसमा बिरामीहरु रहस्यमयी ढंगले गायब हुने, आत्महत्या र निस्सिएर मर्ने घटनाहरु हुन थाले । त्यस्ता घटनाहरु बढेपछि सरकारद्वारा गोप्य जाँच सुरु भयो । सेनिटर रिचर्ड जे कोडीले छदम शैलीमा अस्पतालको कर्मचारीको रुपमा जाजूसी गर्न सुरु गरे । पछि कोडीको सूचनाबाट यो खुलासा भयो कि त्यहाँ पछिल्लो ६० वर्षदेखि बिरामीहरुको शोषण र गैरकानूनी मेडिकल एक्सपेरीमेन्ट गरिन्थ्यो । त्यसपछि अस्पताललाई प्रतिबन्ध लगाइयो र आज त्यहाँ कुनै आवतजावत छैन ।
४. कोलमैन स्कोप नामिबिया

२० औं शताब्दीको सुरुवातमा जर्मन उपनिवेशद्वारा बसाइएको कोलमैन स्कोपको यो शहर नामीब मरुभूमिमा सन् १९५० देखि सुनसान बनेको छ । जर्मनहरु त्यहाँ हिरा र अमूल्य धातूको तलाशमा आएका थिए । काम पुरा भएपछि उनीहरु त्यहाँबाट फर्किए । अहिले त्यहाँ कोही आउँदैनन् । काठले बनेका भवनहरु विस्तारै ढल्दै जाँदैछन् । कतिपय भवनहरु त मरुभूमिमा समाहित भैसकेका छन् ।
५. प्रियेयत शहर युक्रेन

यो शहर १९८६ को आफ्नो परमाणु पावर प्लान्टको डलरले चिनिन्छ । प्रिपेयतको नजिक रहेको चेरनोबिल २६ अप्रिल १९८६ को राती अचानक ठूलो विस्फोटनमा परेको खबर बाहिर आएको थियो । त्यहाँ रहेको परमाणु रिएक्टरमा बिजुलीको मात्रा बढेपछि अत्याधीक गर्मीका कारण चार तल्ले भवनहरु पनि ध्वस्त भए र परमाणु विकिरणले उत्तरी मध्य यूरोपलाई पनि विनाशमा शामिल गरायो । त्यहाँ कूल ३१ जनाको मृत्यु भयो र करिब चार लाख मानिसहरु विस्थापित भए । अझै पनि क्यान्सर र अपाङ्गतासँग त्यहाँका मानिसहरु जुझिरहेका छन् ।विकिरत यति भयंकर थियो त्यसलाई रोक्न आज पनि प्रयास भैरहेको छ । परमाणु विकिरणले ग्रसित यो शहर अब पुरै खाली भएको छ ।







