अाफुहरूलार्इ हेप्न खाेजेकाे भन्दै उत्तर काेरियाले अमेरिकालार्इ चेतावनी दिन थालेकाे छ।

आफूमाथि माथिको प्रतिबन्धहरुलाई अमेरिकाले अझ सशक्त बनाउन लागि परेको भन्दै उत्तर कोरियाले यस्तो कार्यले आफूले गर्न थालेको आणविक निःशस्त्रीकरण प्रभावकारी हुन नसक्ने चेतावनी दिएको छ ।
उसले निःशस्त्रीकरण अन्तर्गत आणविक र क्षेप्यास्त्र परीक्षणका कार्यक्रम हाललाई स्थगित गरेको र आणविक परीक्षण केन्द्रहरु समेत बन्द गरेको जनाएको छ ।
तर, अमेरिकाले एकपक्षीय रुपमा पहिले आणविक हतियार विहीन हुनुपर्ने पूर्वशर्त अगाडि सारेकोमा उत्तरले कडा आपत्ति जनाएको छ । ‘अमेरिकाले उही पुरानो शैली अपनाएको हो भने प्रगतिको अपेक्षा नगरे हुन्छ ।
यो विगतमै असफल भइसकेको सिद्धान्त हो’ उत्तर कोरियाका प्रवक्ताले भनेका छन् । उनले भनेका छन् ‘यही रबैया जारी रहेमा कोरियाली द्वीपमा स्थायित्व ल्याउने पछिल्ला प्रयासहरु सफल हुनेमा कुनै कारण देखिन्न ।
उत्तर कोरियाली ती अधिकारीले यो पनि भनेका छन् कि, ‘विश्वासको वातावरण निर्माण गर्न र विगतका सम्झौताको इमान्दारीका साथ कार्यान्वयन गर्नेमा उत्तर कोरिया प्रतिबद्ध छ ।
’ ‘ढिलै भएपनि अमेरिकाले हाम्रा इमान्दार प्रयासहरुलाई सहीरुपमा सम्बोधन गर्ने अपेक्षा गरिएको छ’ ।







