चीनले आवाजभन्दा ६ गुणा बढी गति भएको आफ्नो पहिलो हाइपर सोनिक विमानको सफल परीक्षण सम्पन्न गरेको छ ।
सिङकङ–२ वा स्टारी स्काई–२ नाम दिइएको उक्त विमानले परमाणू अस्त्रहरु बोक्न सक्ने र विश्वमा अहिले निर्माण गरिएको कुनै पनि एन्टि मिसाइल डिफेन्स सिस्टमलाई छल्न सक्ने बताइएको छ। चीनको उत्तरपश्चिम क्षेत्रमा गत शुक्रबार विमानको परीक्षण उडान सम्पन्न भएको चाइना एकेडेमी अफ एरोस्पेस एरोडाइनामिक्सले जनाएको छ।
यो विमानको रफ्तार आवाजको गतिभन्दा ६ गुणाले धेरै छ। शुक्रबारको परीक्षणमा विमानले प्रति घण्टा ७ हजार तीन सय ४४ किलोमिटरको गति तय गरेको थियो। यो विमानले एक सेकेण्डमा २ दशमलव शून्य ४ किलोमिटरको दूरी पार गरेको थियो। जुन आवाजको गतिभन्दा ५ दशमलव ९ गुणाले छिटो हो।
यो विमानलाई मल्टी स्टेज रकेटको माध्यमबाट परीक्षण उडानका लागि आकाशमा छाडिएको थियो। यो विमानमा चीनले वेभराइडर टेक्नोलजीको प्रयोग गरेको छ।वेभराइडर भएपछि हाइपरसोनिक विमानले लिफ्टिङका लागि आफ्नै शक वेभ्सहरु प्रयोग गर्ने गर्छ।
चाइना एकेडेमी अफ एरोस्पेस एरोडाइनामिक्सले विमानको गतिका अलवा विमानको हिट ब्यालेन्स थर्मल प्रोटेक्सन सिस्टमको समेत परीक्षण गरिएको जनाएको छ। अमेरिका र रसियाले पनि यस्तै अनुसन्धान गरिरहेका छन्।
एजेन्सीको सहयोगमा







