
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँगको दोस्रो शिखर वार्ता छिट्टै हुने विश्वास व्यक्त गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इनसंगको छलफलका क्रममा ट्रम्पले उत्तर कोरियाली नेता उनसंग चाँडै वार्ता हुने बताएका हुन् ।
ट्रम्पले उनसंगको वार्ता टाढा नभएकोसमेत बताएका छन् । दुई देशबीच धेरै विषयमा छलफल भएको र सहमतिको आधार बनेको बताए ।
यसअघि ट्रम्प र किमबीचको पहिलो शिखर सम्मेलन गत जुनमा सिङ्गापुरमा भएको थियो । ट्रम्पले सम्बन्ध निकै राम्रो बनेको र कुनै हदसम्म अति नै भएको पनि विश्वास गरे ।
अमेरिका सबैतिरबाट एक्लिएकाे बेला उत्तर काेरियासँग वार्ता गरेर अमेरिकाले विश्वमा नयाँ सन्देश दिन खाेजेकाे विश्लेषकहरूले बताएका छन् । वार्ता कहाँ पुगेर अन्त्य हाेला भन्ने सवालमा धेरै मान्छे अनविज्ञता व्यक्त गरिरहेका छन् ।







