शक्तिशाली बन्दै गइरहेकाे चीन सन् २०२० भित्र संसारकै ठूलो हवाई बजार हुने प्रक्षेपण गरिएको छ।

‘इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसिएशन(आइटा)’ले गरेको २० वर्षे प्रेक्षपणअनुसार अबको २ वर्षभित्रै चीनले अमेरिकालाई उछिन्ने भएको छ।

यही साता सार्वजनिक आइटाको प्रतिवेदनअनुसार चीनको बढ्दो आर्थिक गतिविधिले हवाई यात्रा बढाउने उल्लेख गरिएको छ।

आइटाका अनुसार अबको २० वर्षमा एसिया क्षेत्र हवाई बजारमा लिडर हुने छ। जसमा चीन संसारकै ठूलो तेस्रोमा भारत र चौथोमा इन्डोनेसिया र पाँचौमा थाइल्यान्ड हुने छन्।

संसाभर हवाई यात्रा गर्ने ८ अर्ब पुग्ने अनुमान गरेको आइटाले त्यसको आधाभन्दा बढी एसिया क्षेत्रमै हुने प्रक्षेपण गरेको छ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार