बलिउड सुपरस्टार अमिताभ बच्चनले चरम गरिबीमा रहेका भारतीय किसानको ५ लाख ६० हजार अमेरिकी डलर बराबरको ऋण चुक्ता गरिदिएको सीएनएनले जनाएको छ ।

कृषि क्षेत्रमा मारमा परेका उनीहरुलाई अमिताभले मद्दत गरेका हुन् । मंगलबार उनले आफ्नो एउटा ब्लग पोष्टमा उत्तर प्रदेश राज्यका १३ सय ९८ किसानको ऋण आफूले चुक्ता गरेको जनाएका छन् ।

बच्चनले बैंकबाट किसानहरुलाई सेटलमेन्ट प्रमाणपत्र दिएको समेत जनाएका छन् । भारतका ५० प्रतिशत भन्दा बढी मानिस कृषिमा रहेका छन् । कूल गार्हस्थ उत्पादनको १८ प्रतिशत कृषि क्षेत्रले धानेको मानिन्छ ।

भारतका किसानहरु पछिल्लो समय मौसमका कारण बालीमा भएको क्षतिले मारमा परेका थिए । यसैगरी इन्धनको मूल्य वृद्धिलगायतका कुराले पनि उनीहरु समस्यामा पर्दै आएका थिए । सन् २०१३मा यस्तै कारणले भारतमा ११ हजार ७सय ७२ किसानले आत्महत्यासमेत गरेका थिए ।

पछिल्लो तथ्यांक अनुसार हरेक दिन ४४ जनाको मृत्यु यस्तै कारणले हुने गरेको छ । भारतमा सन् १९९५ यता करिब ३० लाख किसानहरुले ऋण तिर्न नसकेर आत्महत्या गरेको बिबिसीले आफ्नो रिर्पोटमा जनाएको छ ।  (एजेन्सी)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार