
भारतमा सरकारी सुरक्षाकर्मी र माओवादी विद्रोहीबीच भएको पछिल्लो भिडन्तमा ५ सरकारी सैनिकको मृत्यु भएको छ ।
अप्रिल ४ तारिखमा छत्तिसगढ राज्यको बस्तर र कङ्कड क्षेत्रको बीचमा पर्ने महलामा माओवादी छापामार सेनाले थापेको एम्बुसमा परेर अर्धसैनिक दस्ता बोर्डर सेक्युरिटी फोर्स ११४ औँ बटालियनका असइसहित ४ जनाको मृत्यु भएको र अन्य ४ जना मरणासन्न अवस्थामा रहेको कुरा भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
एम्बुसमा गाडी परेपछि दुवैतिरबाट भएको गोली हानाहानमा उनीहरूको मृत्यु भएको कुरा पनि समाचारमा जनाइएको छ ।
छातिसगढ़ राज्यको बस्तर जिल्लामा ११ अप्रिलमा र कङ्कडमा १८ अप्रिलमा लोकसभाको चुनावको मिति तय गरिएको छ ।
त्यसै गरी ५ अप्रिलका दिन बिहान माओवादी छापामारको एम्बुसमा परेर छत्तिसगढ राज्यको धामतरी जिल्लाको चामेडा गाउँमा बोर्डर सेक्युरिटी फोर्स २११ बटालियनका १ जना सदस्यको मृत्यु भएको र अन्य दुई जना घाइते भएको समाचार पनि भारतीय माध्यमहरूले प्रकाशित गरेका छन् ।
जनमेलको सहयोगमा ।







