
अमेरिकासँग भियतनाममा शिखर वार्ता असफलतामा टुंगिएसँगै उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भियतनाममा भएको शिखर वार्ता असफल भएसँगै उसले मिसाइल कार्यक्रम पुनः सुरु गर्न सक्ने विश्लेषण गरिएको थियो ।
दक्षिण कोरियाको समाचार संस्था ‘योनहाप’ले उत्तर कोरियाले छोटो दूरीको मिसाइल प्रक्षेपण गरेको जनाएको हो । होदो क्षेत्रमा मिसाइल प्रक्षेपण गरिएको बताइएको छ ।
स्थानीय समयअनुसार शनिबार बिहान ९ बजेतिर भएको मिसाइल प्रक्षेपणकाबारेमा दक्षिण कोरिया र अमेरिकाका अधिकारीले विश्लेषण गरिरहेका छन् ।
हालै मात्र उत्तर कोरियाका नेता किमजोङ उनले रुसको भ्रमण गरेका थिए । रुसी राष्ट्रपति भ्यादिमिर पुटिनसँग पनि वार्ता भएको थियो । त्यसलगत्तै उत्तर कोरियाले फेरि मिसाइल प्रक्षेपण गरेको हो ।
नेता किमले अमेरिकाले चाहेमा तेस्रो शिखर वार्ताको लागि तयार रहेको बताएका थिए । उनले ट्रम्प पुरानो अडानबाट पछि हट्नुपर्ने बताएका थिए । यसलाई किमले ट्रम्पलाई चेतावनीको दिएको रुपमा लिएका थिए ।







