ट्रम्प प्रशासनले भारतले यदि रूसी एस–४०० मिसाइल रक्षा प्रणाली खरिद गरे अमेरिकासँगको सम्बन्धमा गम्भीर प्रभाव पर्ने चेतावनी दिएको छ ।

एस–४०० सतहबाट हावामा मार हान्न सक्षम रूसको अत्याधुनिक क्षेप्यास्त्र रक्षा प्रणाली हो । सबैभन्दा पहिले चीनले यो प्रविधि किन्नका लागि २०१४ मा रूससँग सम्झौता गरेको थियो ।

भारत र रूसबीच पनि यो प्रणाली खरिदका लागि गत वर्षको अक्टोबरमा ५ अर्ब डलरको सम्झौता भएको थियो । यो सम्झौता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच व्यापक चर्चापछि भएको थियो ।

विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले बिहीबार रूससँग एस–४०० हवाई रक्षा प्रणाली खरिदको निर्णय महत्वपूर्ण भएको बताएका थिए ।

एस–४०० रक्षा प्रणालीको सम्झौतापछि अमेरिकाले भारतमाथि प्रतिबन्ध लगाउन सक्छ । अमेरिकी कंग्रेसले रूसबाट हतियार खरिद रोक्नका लागि काउन्टरिङ अमेरिकाज एड्र्भिरज थ्रू सेक्सन एक्ट (सीएएटीएस) कानुन बनाएको थियो । यही कानुनको माध्यमबाट अमेरिकाले भारतमाथि पनि प्रतिबन्ध लगाउन सक्छ ।

यदि भारतले एस–४०० मिसाइल रक्षा प्रणाली खरिद गर्ने पैmसलालाई अगाडि बढायो भने रक्षा सम्बन्धमा गम्भीर असर पर्ने अधिकारीले बताएका छन् । रूसको उन्नत प्राविधि खरिद गर्नाले रूसलाई गलत सन्देश जान सक्ने ट्रम्प प्रशासनले मान्दै आएको अधिकारीले बताएका छन् ।

चीनको परीक्षण सम्पन्न
गत वर्ष चीनले यो रक्षा क्षेप्यास्त्र प्रणालीको सफल परीक्षण गरिसकेको छ । अमेरिकाले प्रतिबन्ध लगाउन सक्ने आशंकाका बाबजुद भारतले यो रक्षा प्रणालीका लागि रूससँग सम्झौतामा हस्ताक्षर गरेको छ ।

चीनले २०१५ मा भएको ३ अर्ब डलरको सम्झौतापछि रूसबाट गत जुलाईमा यो प्रणालीको अन्तिम पटक प्राप्त गरेको थियो ।

साउथ चाइना मर्निङ पोस्टले रूसी मिडियाको समाचारको हवाला दिँदै चीनको पिपुल्स लिबरेसन आर्मीले गत महिना एस–४०० मिसाइल हवाई रक्षा प्रणालीको सफल परीक्षण गरेको उल्लेख गरेको थियो ।

यसले प्रतिसेकेन्ड ३ किलोमिटरको सुपरसोनिक गतिमा लगभग २ सय ५० किलोमिटरको दूरीमा एक कृत्रिम ब्यालेस्टिक लक्ष्यमा मार हानेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार