रूसविरूद्धको आर्थिक प्रतिबन्धमा जर्मनी र ईयूले अमेरिकाको साथ छोड्ने भएका छन् ।

“जर्मनी र ईयू होइन, अमेरिका मात्रै रूसविरुद्धको आर्थिक प्रतिबन्धमा रहेको छ,” बुन्डेस्ट्यागको आर्थिक तथा ऊर्जा समितिका प्रमुखले भनेका छन् । जर्मन सांसदहरू प्रतिबन्ध हटाउने उपायको खोजीमा लागेको उनले थपे ।

अमेरिकाले जर्मनीलाई आफ्नो उपनिवेशजस्तो ठानेको डाइ लिंके पार्टीका क्लाउस अर्नेस्टले बताए । वासिङ्टनले युरोपलाई रूसी ग्यास खरिदबाट हटाउने प्रयास गरिरहेको छ ।

“अमेरिकी नीतिले रूसीहरूलाई मात्रै निशाना बनाएको छैन । यसले नियतवश नै युरोपियनलाई पनि निशाना बनाएको छ । यसले नर्ड स्ट्रिम–२ मा संलग्न भएको जर्मन ऊर्जा कम्पनीहरूलाई निशाना बनाएको छ,” उनले भने ।

राष्ट्रपति डोनाल्ड ट्रम्प, विदेश मन्त्री माइक पोम्पिया र बर्लिनमा रहेका अमेरिकी राजदूत ग्रेनले लगायतका अमरिकी अधिकारीहरूले रूसी नेतृत्वको नर्ड स्ट्रिम–२ ग्यास पाइप लाइनविरुद्ध आक्रामक व्यवहार देखाएका छन् । यो पाइपलाइन यसै वर्ष पूरा हुने अपेक्षा गरिएको छ । अमेरिकाले युरोपेली कम्पनीहरूलाई यदि उनीहरूले यस परियोजनामा लगानी गरेमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

“जर्मनीप्रति अमेरिकी राजदूतको कदम अस्वीकार्य छ,” अर्नस्टलाई उद्र्धृत गर्दै रूसी सञ्चारमाध्यमले जनाएका छन् । उनले भनेका छन्, “के जर्मनी अमेरिकी उपनिवेश हो ?”

यसको प्रमुख ध्येय भनेको ईयूलाई अमेरिकी ग्यास किन्न लगाउनु भएको अर्नस्टेले बताए । “यो क्षेत्रमा आफ्नो स्वार्थलाई वशिभूत बनाउनका लागि अमेरिकाले राजनीतिको प्रयोग गरिरहेको छ ।”

हालसम्म यो चेतावनीको कुनै प्रभाव परेको छैन । किनकि नर्ड स्ट्रिम–२ को निर्माणले गति लिइरहेको छ । गाजप्रोमको स्वामित्व रहेको यो पाइपलाइनमा जर्मनी, फ्रान्स, बेलायत, नेदरल्यान्ड र अस्ट्रियन कम्पनीहरूले साझेदारी गरेका छन् । यी मुलुकका कम्पनीहरूले यो पाइपलाइनमा अर्बौं युरोको लगानी गरेका छन् ।
रूसविरुद्ध अन्य आर्थिक प्रतिबन्ध लगाउने विषयले अमेरिकाको मात्रै विजय हुने अर्नस्टले बताए ।

“बुन्डेस्ट्याग आर्थिक समितिमा रूसविरुद्धको आर्थिक प्रतिबन्ध कसरी हटाउन सकिन्छ भन्ने विषयमा हाल छलफल भइरहेको छ र यो बलियो बन्दै गइरहेको छ । अमेरिकाले रूसमाथि लगाएको आर्थिक प्रतिबन्धमा जर्मनी मात्रै होइन, युरोप पनि इच्छुक देखिएका छैनन् ।

यो प्रतिबन्धबाट जित हासिल पार्नेमा अमेरिका मात्रै एक्लो छ,” उनको कटाक्ष थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार