रिओ डी जेनेरिओ, ब्राजिल सरकारले प्रस्ताव गरेको सामाजिक सुरक्षा सुधारविरुद्ध त्यहाँका जनताले देशव्यापी विरोध प्रदर्शन गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमअनुसार ब्राजिलका सबै राज्यका कम्तीमा १९० सहरमा विरोध प्रदर्शन भएका छन् ।

विरोध प्रदर्शनका क्रममा १९ वटा राज्यका यातायात सेवा, सहरी रेलसेवा आदिको सञ्चालन थप भएको थियो । सार्वजनिक तथा अधिकांश निजी विद्यालयहरू पनि ठप्प भएको थियो । सडकमा अवरोध तेर्साइएको थियो ।

सामाजिक क्षेत्रमा लगानी सरकारी लगानी कटौती गर्ने प्रस्तावको विरोधमा आयोजित प्रदर्शन अधिकांशतः शान्तिपूर्ण नै भएको बताइएको छ ।

ब्राजिलमा दक्षिणपन्थी राष्ट्रपति जायर बोल्सोनारो सत्तासीन भए यता ब्राजिलका जनताले सरकारविरुद्ध आयोजित यो तेस्रो देशव्यापी विरोध प्रदर्शन हो । यसअघि विश्वविद्यालयको बजेट कटौतीको विरोधमा पनि ब्राजिलका जनता सरकारको विरोधमा उत्रेका थिए ।

ब्राजिल सरकारका आलोचकहरू अनुसार सरकारको यो प्रस्तावले सीमित राजनीतिक नेता र सेनाका अधिकारीलाई मात्र फाइदा हुने बताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार