तेहरान : अमेरिकाले सीमाक्षेत्रमा बढाउँदै गरेको सैन्य हिंसा नरोके गत साता भन्दा ठूलो क्षति हुने गरी हमला गर्ने भन्दै चेतावनी दिएको छ ।

इरानको संसदका प्रवक्ता अली लारिजानीले गत साता ड्रोन खसालेको भन्दा ठूलो हमला गर्नुसक्ने भन्दै यस्तो चेतावनी दिएका हुन् ।

‘यदी उनीहरुले हाम्रो सीमा क्षेत्रमा हिंसात्मक गतिविधि दोहोर्याउँदै गरे हाम्रो कारवाही झनै घातक हुने छ,’ लारिजानीले भनेका छन् ।

जुन २० मा मात्रै इरानले अमेरिकी सेनाको ड्रोनलाई आफ्नै सीमाक्षेत्रको आकासबाट खसालेको थियो । पछिल्लो समय अमेरिका र इरानबीच बढ्दो तनाबले छिट्टै युद्ध निम्त्याउन सक्ने अन्तर्राष्ट्रिय मिडियाको टिप्पणी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार