टोकियो : जापानमा जारी ‘जी–२० समिट’ को अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भेट भयो ।

भेटवार्ता लगत्तै दुबै नेताले मिडियासँग आफ्ना कुरा सार्वजनिक गरेका थिए । २०१८ डिसेम्बरपछि जापानमा उनीहरुको पहिलो पटक भेटवार्ता भएको हो । ट्रम्पको जितका लागि रुसले हस्तक्षेप गरेको डेमोक्रेट्स पार्टीले आरोप लगाएको थियो ।

त्यही आरोपको प्रसंग ट्रम्पले अहिले निकाले । ठट्टाको रुपमा उनले पुटिनलाई जिस्क्याउँदै भनेका थिए, ‘अमेरिकाको चुनावमा हस्तक्षेप नगर्नू !’

ट्रम्पले भेटवार्तापछि मिडियासँगै कुरा गर्दा पुटिन आफ्नो सम्बन्ध ज्यादै राम्रो रहेको बताएका थिए । जी–२० समिटपछि उनले पुटिनसँग अलग्गै पनि भेट गरेका हुन् ।
आफूहरुको सम्बन्धका कारण केही सकारात्मक चिज सार्वजनिक हुने संकेत पनि उनले दिएका छन् ।

व्यापार, सुरक्षा लगायत केही मुद्दामा आफूहरुको वार्ता सकारात्मक हुने उनले बताए । यससँगै उनले अमेरिकी चुनावको प्रसंग झिकेका हुन् । त्यसबेला पुटिनले चुनाव प्रभावित गरेको आरोपको खण्डन ट्रम्पले गरे ।

बरिष्ठ काउन्सिलर रोबर्ट मुलरले यसबारे तया पारेको रिपोर्ट तथा डेमोक्रेट्सले लगाएको आरोपको उनले खण्डन गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार