
यौन दास बनाएको अभियोगमा अन्तर्राष्ट्रिय अपराध अदालत आईसीसीले पहिलोपटक दोषी ठहर गरेको छ । यौनदास बनाएको लगायत विभिन्न १८ वटा मुद्दामा आईसीसीले डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोका पूर्व विद्रोही नेता बोस्को तगण्डालाई दोषी ठहर गरेको हो ।
तगण्डाका समर्थक लडाकुले बालबालिकाको क्रुरता पूर्वक हत्या गरेको आईसीसीको ठहर छ । तीन जना न्यायाधीशको संयुक्त इजलाशले तगाण्डा युद्ध अपराध र मानवता विरुद्धको अपराधमा संलग्न रहेको र सर्वसाधारण लक्षित आक्रमण र हत्याको निर्देशन दिएको ठहर गरेको हो ।
सन् २००२ मा आईसीसी गठन भएयता दोषी ठहर भएका तगाण्डा चौंथो व्यक्ति भएको बीबीसीले उल्लेख गरेको छ । सन् १९७३ मा रुवान्डामा जन्मिएका तगान्डाले अर्को जातीय समूहमाथि आक्रमण गरेपछि किशोर अवस्थामै भागेर कङ्गो पुगेका थिए ।
१७ वर्षको उमेरदेखि उनी विद्रोही समूहमा रहेर रुवान्डा र कङ्गोका विभिन्न स्थानमा भएको आक्रमणमा संलग्न थिए । उनी आवद्ध विद्रोही समूह टुक्रिएपछि सन् २०१३ मा तगान्डाले किगालीस्थित अमेरिकी दूतावासमा शरण लिएका थिए ।







