अमेरिकाले आफ्ना कूटनीतिज्ञलाई जासुसी गरेको आरोपमा मंगलवार ४० महिनाको सजाय सुनाएको छ । उनले चिनियाँ गुप्तचर विभागबाट पैसा लिने गरेको र त्यसबापत अमेरिकी दस्तावेज चीनलाई दिने गरेको आरोप छ ।
अमेरिकी कानुन मन्त्रालयले ६३ वर्षीय कन्डान्स म्यारी क्लाइबोर्नले अमेरिकाविरुद्ध जासुसी गरेको स्विकारेको जानकारी दिएको छ । उनीमाथि ४० हजार अमेरिकी डलर जरिवाना पनि गरिएको छ ।
क्लाइबोर्नलाई २ वर्षअघि एक छानबिनका क्रममा पक्राउ गरिएको थियो । शुरुमा उनीमाथि जासुसी गरेको आरोप नभए पनि अनुसन्धानका क्रममा उक्त खुलासा भएको हो ।
उनले सन् २०१९ को अप्रिलमा अमेरिकालाई धोका दिएको, विदेशी गुप्तचर संस्थासँग रकम लिएको लगायतका अपराध गरेको स्वीकार गरेका थिए । – एजेन्सी







