
उत्तर कोरियाले शक्तिशाली पनडुब्बी निर्माण गरेको छ ।
पनडुब्बी निर्माणको निरीक्षण गर्न उत्तर कोरियाली नेता किम जोङ उन आफै पुगेका छन् ।
उत्तर कोरियाको राष्ट्रिय सञ्चारमाध्यमले पनडुब्बीको तस्वीर सार्वजनिक गरेको छ । उसले किम जोङ उनले नीरिक्षण गरिरहेको दृश्य समेत सार्वजनिक गरेको छ ।
पनडुब्बी कोरियाको पूर्वी समुन्द्रमा तैनाथ हुने जनाइएको छ । पनडुब्बी हेरेर किम मख्ख परेको उल्लेख छ । उत्तर कोरिया हतियार निर्माण गर्ने देशमा गनिएको छ ।
उसले शक्तिशाली पनडुब्बी बनाएको भन्दै प्रतिरक्षा उद्दोगलाई सशक्त बनाएको दाबी गरेको छ ।







