
अमेरिकी राष्ट्रिय आर्थिक परिषद्का निर्देशक ल्यारी कुडलोले हालैमात्र भनेका छन्, “यदि उनीहरू आपूm हिँडिरहेको बाटोलाई निरन्तरता दिन्छन् भने उनीहरू इतिहासको गलत पाटोमा रहेका छन् । उनीहरू साभियत संघ होइनन् । तर, सरकारको यस किसिमको नियन्त्रणले लामो समयसम्म काम गर्दैन ।”
चीन किन इतिहासको गलत बाटोमा रहेको छ र अमेरिका सही बाटोमा हिँडिरहेको छ भनेर कुडलोले भनेका छन् भन्ने बुझ्नका लागि रोचक हुनेछ । ट्रम्प प्रशासनले व्यापारयुद्ध सुरु ग¥यो र पुनः एकपटक शुल्क बढाएको छ भन्ने विषय एउटा स्पष्टोक्ति हुन सक्छ । यस किसिमको प्रयासलाई इतिहासले पनि गलत सावित गरिसकेको छ ।
ट्रम्प प्रशासनले हालसम्मको अवधिमा के गरेको छ भन्ने हेरौं । बहुआयामिक अन्तर्राष्ट्रिय व्यापार प्रणालीका बाबजुद ठूला अर्थतन्त्रहरूले अमेरिकाबाट फाइदा लिनका लागि अमेरिकालाई प्रयोग गरिरहेका छन् भनेर ट्रम्प प्रशासनले यसो गरिरहेको छ । युनेस्को, इरानसँगको परमाणु सम्झौता र रूससँगको इन्टरमिडियट–रेन्ज न्युक्लियर फोर्स ट्रेटीबाट फिर्ता हुने भन्दै अमेरिकाले अन्य बहुआयामिक प्रणालीमाथि सफल आक्रमण गरेको छ ।
अमेरिकाले चीनसँग विश्व इतिहासमै ठूलो व्यापारयुद्ध सुरु गरेको छ । यसले विश्वव्यापी आर्थिक अवस्थालाई नै ठूलो चुनौती दिएको छ ।
अमेरिकाले पछिल्लो समयमा ‘अमेरिका फस्ट’ नीतिलाई अगाडि सारेको छ । यो आर्थिक विश्वव्यापीकरणको विरुद्धमा रहेको छ ।
विश्वका धेरै मुलुकले यो अमेरिकी कदम सही दिशातर्फ अगाडि बढिरहेकोमा विश्वास लिएका छैनन् । आधा अमेरिकीले पनि अमेरिका गतल दिशातर्फ आगडि बढिरहेको बताएका छन् । बाँकी आधाले पनि यसले तत्कालीन रूपमा मात्रै लाभ दिने बताएका छन् ।
चीनले लामो अवधिको अथक प्रयासपछि औद्योगीकरण र समृद्धि हासिल गरेको छ । दशकौंको अवधिमा चीनले यो सफलता हासिल गरेको हो । यसै किसिसमको सफलता हासिल गर्नका लागि पश्चिमा राष्ट्रहरूलाई चीनको भन्दा लामै अवधि लागेको थियो ।
के यो अमेरिकी प्रयासले १.४ अर्ब जनसंख्या भएको चीनलाई नियन्त्रणमा लिन सक्ला ? यो कुरा रहस्यको गर्भमै लुकेको छ । अमेरिका भने ३० करोड जनसंख्या भएको आफ्नो मुलुकका जनताको जीवन खुसी पार्ने प्रयासमा लागिरहेको छ ।
कम जनसंख्या भएका पश्चिमा राजनीतिज्ञहरूले चीनलाई पाठ पढाउन सक्लान् भन्ने विषयको द्विविधा अभैm पनि व्याप्त रहेको छ ।
चीनले अन्यबाट सिक्नका लागि कहिले पनि अवसरको प्रयोग गरेको छैन । चीनले सुधार र खुलापनापछि मात्रै अन्य मुलुकबाट सिक्न थालेको हो ।
चीनमाथि व्यापारयुद्ध थोपरिँदा अमेरिकी जनता नै महँगीको मारमा पर्न थालेका छन् । अमेरिकी म्यानुफ्याक्चररहरुको उत्पादन मूल्यमा पनि वृद्धि हुन थालेको छ । यद्यपि अमेरिकी व्यापारघाटामा भने कमी आएको छैन । चिनियाँ सामग्री नकिने पनि अमेरिकाले अन्य मुलुकबाट सामग्री किन्नुपर्ने बाध्यताले अमेरिकी व्यापारघाटा कम नभएको हो । यसको सट्टा चिनियाँ वस्तुमा शुल्क थोपरिदा अमेरिकी उपभोक्ता नै मारमा परेका छन् ।
यस्तो अवस्थामा यदि वासिङ्टनले आफ्नै मामिलामा ध्यान केन्द्रित हुनु लाभपूर्ण देखिन्छ । नयाँ शताब्दीमा अमेरिका कति परसम्म आफ्नो प्रभाव विस्तार गर्न सक्छ भन्ने विषयमा वासिङ्टनले विचार गर्नु आवश्यक देखिन्छ ।
अमेरिकाले स्वतन्त्रता पाएदेखि नै राम्रो प्रगति गरिरहेको छ र ऊ विशाल आकारको जनसंख्याको अन्तर भएको चीनको सहभागिताबिना पनि अगाडि बढ्न सक्दैन ।
अमेरिकाले चीनमात्रै होइन कि अन्य मुलुकमाथि पनि व्यापारयुद्ध छेडेको छ । यो गलत कुरा हो । यस्तो अवस्थामा अमेरिकाले अन्य मुलुकसँग एक्लिएर बस्ने वा हातमा हात मिलाएर अगाडि बढ्ने भन्ने विषयमा सोच्नु आवश्यक देखिन्छ ।







