एजेन्सी । यसैवर्ष अर्थात सन् २०१९, जनवरी २३ मा अमेरिका समर्थित विपक्षी नेता ‘जुआन गुअइदोले’ आफूलाई भनेजुएलाको अन्तरिम राष्ट्रपति घोषणा गरे ।

उनले सोचे जननिर्वाचित राष्ट्रपति निकाेलास मडुरोलाई पदच्युत गर्न सजिलै सकिन्छ ।  मडुरोलाई अपदस्त गर्न उनीसँग सरल तीन योजना थिए – १, ‘मडुरोलाई सत्तामा ल्याउने चुनावमा अनियमितता भएको भन्दै उनको राष्ट्रपति पदलाई अवैध घोषणा गर्ने । २, एक संक्रमणकालीन सरकारको स्थापना गर्ने । ३, नयाँ चुनाव गराएर विपक्षीलाई सत्तामा ल्याउने ।’ यद्यपि, करिब ६ महिना बितिसक्यो, गुअइदो शक्तिमा मडुरोको पकडलाई कमजोर बनाउने छेउछाउ पनि पुगेका छैनन् । ३५ वर्षीय विपक्षी नेता गुइदोले मडुरोलाई तल झार्न असफल हुनुको मुख्य कारण हो केही प्रमुख अन्तर्राष्ट्रिय शक्ति । सबैभन्दा महत्त्वपूर्ण रूपले चीन, जसले मडुरो सरकारलाई बलियोसँग साथ दियो ।

विश्वमा एक नम्बरकाे आर्थिक तथा सैन्य शक्ति राष्ट्रको रूपमा माथि उठ्दै गरेको चीनले गुअइदोलाई राष्ट्रपति मान्न अस्वीकार गर्यो । गुअइदोलाई राष्ट्रपति मान्न तयार हुँदा एक सार्वभौमिक राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेप हुने चीनको ठहर छ । र त्याे हस्तक्षेम अमेरिकाले गरिरहेकाे प्रष्ट थियाे । गुअइदोका विदेशी समर्थक, त्यसमा पनि खासगरी अमेरिकाले चीनले मडुरो र उसको सरकारको समर्थन गर्नुलाई समस्याको रूपमा व्याख्या गर्यो र भेनेजुएलामा चलिरहेको संकटको जिम्मेवार पनि चीन रहेको आरोप लगायो ।  उदाहरणको रूपमा– गत अप्रिल १३ मा चिली भ्रमणका दौरान अमेरिकी विदेश सचिव माइक पोम्पिओले चीनको मडुरो शासनको समर्थनले भेनुजुएलामा अप्रत्याशित र दीर्घकालीन संकटलाई निम्त्याउन सहयोग गरेको बताए ।  यस्तै, हालै अमेरिकी दक्षिणी कमान्डका प्रमुख एडमाइरल क्रेइग फालेरल भेनेजुएलाका लागि चिनियाँ समर्थन निगरानी प्रविधिको रूपमा रहेको तथा जुन प्रविधिलाई भेनेजुएलाका नागरिकमाथि मनिटर र दमन गर्न प्रयोग गरिएको दाबी गरे । यसबीच, हाल चलिरहेको संकटमा चीनले महत्त्वपूर्ण भूमिका खेलिरहेको स्वीकार गर्दै गुअइदोले ‘चाभिस्टा’ सरकारमाथि बेइजिङको समर्थन अन्त्य गर्न एक अभियान नै थाले ।

चीनमाथि माइक पोम्पिओले टिप्पणी गरेको एक दिनपछि स्वघोषित राष्ट्रपति गुअइदोले ब्लुमबर्ग पत्रिकाको विचार पृष्ठमा ‘चीनले किन भेनेजुएलामाथिको समर्थनलाई बन्द गर्नुपर्छ ?’ शीर्षकमा विचार लेखे । यस लेखमा गुअइदोले यदि चीन वर्तमान सरकारमाथि आफ्नो समर्थन बन्द गर्न सहमत भएमा विपक्षी सरकारले चीनको हित र लगानीको रक्षा ‘चाभिस्ट’हरूले भन्दा राम्रो गर्ने र चीनलाई भेनेजुएलामा नयाँ वित्तीय प्रोत्साहन गर्ने तर्क गरेका छन् ।  गुअइदोको लेख र पोम्पिओको बयानले लामो समयदेखि भेनेजुएलामाथि नजर राख्दै आएकालाई खाली एउटै तथ्यको पुष्टि गर्छ– चीनको राजनीतिक नीति भेनेजुएलाको भविष्यको निर्धारण गर्न एक प्रमुख कारक हो ।  भेनेजुएलाका लागि यसकारण महत्त्वूर्ण छ चीन  बेइजिङ, जहाँ काराकासको एक अनिवार्य आर्थिक र राजनीतिक साझेदार हो, त्यसरी नै ल्याटिन अमेरिकी राष्ट्र पनि चीनका लागि महत्त्वपूर्ण हुन् ।  चीनले आफ्नो प्रतिद्वन्द्वी अमेरिकाको पछाडि इन्धन सम्पन्न समाजवादी देशलाई एक महत्त्वपूर्ण व्यापार साझेदार र एक भूराजनीतिक मित्रको रूपमा हेर्छ ।

त्यसैगरी, पछिल्लो दुई दशकमा बेइजिङले गरेको लगानीले चीनको भावी आर्थिक समृद्धि र ऊर्जा सुरक्षामा भेनेजुएलालाई एक महत्त्वपूर्ण घटक बनाएको छ ।  सन् ११९९ मा ह्युगो चाभेज सत्तामा आएपछि चीन र भेनेजुएलाबीच सहकार्यमा महत्त्वपूर्ण वृद्धि भयो । सन् २०१३ मा चाभेजको मृत्यु भएपछि पनि मडुरोको राष्ट्रपतीय अध्यक्षतामा दुई देशबीचको राम्रो सम्बन्धले निरन्तरता पायो ।  भेनेजुएलामा चीनको अधिकांश ऋण तथा लगानी तेल क्षेत्रसँग सम्बन्धित छ । सन् २००७ मा बेइजिङले चीन–भेनेजुएला संयुक्त कोष (एफसिसीभी) स्थापना गर्यो, जसले भेनेजुएलालाई चीनमा पाँच अर्ब डलरसम्म ऋण प्राप्त गर्ने र कच्चा तेलको पोतदलानका साथ भुक्तान गर्न अनुमति दियो ।  एफसिसिभीले चीन सरकारलाई ओरिनोको ओयल बेल्टमा तेल उत्पादनमा सहभागी हुन अनुमति दियो, जसलाई विश्वको सबैभन्दा ठूलो तेल भण्डारको रूपमा लिइन्छ ।  चीन किन अझै पनि मडुरोको पक्षमा ? पछिल्लो दुई दशकमा ऋणको ठूलो राशि सञ्चित भएका बाबजुद पनि भेनेजुएला चिनियाँ ऋण चुकाउन संघर्ष गरिरहेको छ । किनकि वर्तमान संकटका कारण तेल उत्पादनमा गिरावाट आउने क्रम जारी छ । यसले चीनको अर्थव्यवस्था र ऊर्जा सुरक्षालाई खतरामा पारेको छ ।  यसबीच, भेनेजुएलामा चिनियाँ प्रत्येक्ष लगानीको एक ठूलो संख्यालाई वा ‘होल्ड’मा राखिएको छ वा त देशमा व्यापारका लागि प्रतिकूल परिस्थितिका कारण पूर्ण रूपले छोडिएको छ ।

हाल भेनेजुएलामा सामना गरिरहिएको जोखिमलाई मध्यनजर गर्दै चीनले आफ्नो उद्देश्यलाई पुनः मूल्यांकन गरिएको छ र नयाँ ढाँचाको ऋण जारी गर्नलाई सीमित गरेको छ । चीनले मिश्रित उद्यमहरूको वित्तपोषणमा ध्यान केन्द्रित गरेको छ, जसले भेनेजुएलाको सरकारी स्वामित्व रहेकोे ऊर्जा कम्पनी ‘पट्रोलेओस डी भेनेजुएला एसए’सँग साझेदरी बनाएको छ । त्यस्तै, चीनले काराकसलाई जारी गरेको क्रेडिटको अन्तिम उपयोगमाथि नियन्त्रणको तन्त्रलाई पनि बढाएको छ ।  यी चुनौती र सम्भावित आर्थिक नोक्सानको जोखिमका बाबजुद पनि बेइजिङ अहिले पनि कम्तीमा मडुरो सरकारको पक्षमा उभिएको छ । यस्तो हुनुको पछाडिको आधिकारिक कारण यो हो– एक सार्वभौम राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेप गर्न चीन तयार छैन । यद्यपि, चीनले आफ्नो अर्थव्यवस्थाको एक ठूलो लगानीका लागि युद्धबारमा उभिएको भेनेजुएलाका राष्ट्रपतिको समर्थन जारी राख्न सक्छ वा सक्दैन भन्ने व्याख्या गरेको छैन ।

अनौपचारिक रूपले केही अन्य कारण पनि छन् । बेइजिङ अझै पनि भेनेजुएला सरकारको पक्षमा उभिएको छ, किनकि यस पछाडिको चीनको मान्यता छ– भेनेजुएलामा वर्तमान संकटका परिणामस्वरूप हुने कुनै पनि लागतको नोक्सानभन्दा बढी अमेरिकाको पछाडि समान विचारधारा भएको समाजवादी सहयोगी एकसाथ उभिनु बढी महत्त्वपूर्ण छ ।  यसका अतिरिक्त, ‘दक्षिण–दक्षिण सहयोग’ हाल चीनको विदेशी नीतिको मुख्य आधारमध्ये एक हो । अमेरिकी समर्थित तथा एक सार्वभौम देशको वैध सरकारलाई अवैध रूपले उल्ट्याउने प्रयास गर्ने विपक्षी समूहका साथ उभिएर वा समर्थन गरेर विश्वव्यापी दक्षिणमा एक प्रमुख व्यापारिक साझेदार र विश्वासिला लगानीकर्ताको रूपमा रहेको आफ्नो प्रतिष्ठालाई खतरामा पार्न चाहँदैन बेइजिङ ।  त्यसैगरी, गुअइदोको ठूलो प्रयासपछि पनि चीनसँग भेनेजुएलाको विपक्षीमाथि विश्वास गर्नुपर्ने कुनै कारण छैन ।

वर्षौंदेखि चीनका लागि भेनेजुएलाको ऋण प्रतिबद्धताहरूका बारेमा विपक्षको स्थिति अस्पष्ट रहँदै आएको छ । सत्तामा आएपछि विपक्षीहरूले ‘चाभिस्टा’ सरकारसँग भएको ऋणलाई फिर्ता गर्न सहमत हुनेछ भन्ने मान्नुपर्ने कुनै आधार पनि आज बेइजिङसँग छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग भेनेजुएलाका विपक्षीको नजिकको सम्बन्ध हुनु पनि चीनले मडुरोको समर्थन गर्न जारी राख्नु एक अर्को कारण हो । चीन सरकारलाई भेनेजुएलाका बुद्धिजीवीमाथि विश्वास छैन, जो ट्रम्प ह्वाइट हाउसको संरक्षणमा रहेका देखिन्छन्, जसले भेनेजुएला र ठूलो क्षेत्रमा आफ्नो हितको रक्षा गरुन् ।

यद्यपि, चीनको स्थिति पत्थरको थाकजस्तो होइन । गुअइदो र उनका समर्थक अहिले पनि ट्रम्प प्रशासनसँग आफूलाई टाढा राखेर र केही यस्ता आश्वसान दिएर चिनियाँ सरकारको मस्तिष्क परिवर्तन गर्न सक्छन्, जसले भेनेजुएलाले चीनसँग गरेको वित्तीय सम्झौताहरूको सम्मान गर्नेछन् ।  यदि भेनेजुएलाका विपक्षीले वास्तवमै बेइजिङको विश्वास जित्ने बाटो पत्ता लगाउन सके भने उनीहरूका लागि चाभिस्टा सरकारलाई चुनौती दिने र अन्ततः भेनेजुएलामा सत्ता पल्टाउन सक्ने एक राम्रो अवसर हुनेछ ।

(कार्लोस इडुअर्डो पिनाले अलजजिराका लागि तयार पारेको लेख समाचार दैनिकका लागि गिता सुब्बाले अनुवाद गरेकी हुन् ।)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार