
उत्तर कोरियाले बुधबार बिहानै दुईवटा ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ ।
उत्तर कोरियालो पूर्वी तटीय क्षेत्रबाट समुद्र तर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै समाचार संस्था योनहापले जनाएको छ ।
उत्तर कोरियालो होडो प्रायद्विपबाट मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाको जाइन्ट चिफ अफ स्टाफ (जेसिएस) ले बताएको छ ।
उत्तर कोरियाले यस सम्बन्धमा केही बताएको छैन ।
जापानको रक्षा मन्त्रालयले आफ्नो क्षेत्रमा कुनै पनि ब्यालेस्टिक मिसाइल आइनपुगेको बताएको छ।
उत्तर कोरियाले बुधबार बिहान प्रक्षेपण गरेको मिसाइल यसअघिका भन्दा भिन्न रहेको जेसिएसले उल्लेख गरेको छ । उत्तर कोरियाले गएको हप्ता छोटो दूरीका दुई मिसाइल प्रक्षेपण गरेको थियो ।
गएको जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिच डिमिलिटराइज्ड क्षेत्रमा दक्षिण कोरियाका राष्ट्रपतिको उपस्थितिमा भएको वार्तापछि प्रहार भएको पहिलो मिसाइल थियो त्यो ।
उत्तर कोरियाले त्यसपछि दोस्रोपटक मिसाइल प्रहार गरेको हो ।







