जहाजमा यात्रा गर्ने, पर्वतारोहीलगायतका अतिरिक्त क्रियाकलापमा रुचि भएकाहरुका लागि उत्तर कोरियाले नयाँ किसिमका विशेष कपडा सार्वजनिक गरेको छ जसमध्ये कतिपय खानयोग्य रहेको बताइएको हो ।

यसरी कठिन यात्रामा गएका बेला कोही पनि भोकै नमरुन् भन्ने उद्देश्यले यस्तो ज्याकेट उत्पादन गरिएको बताइएको छ ।

उत्तर कोरियास्थित खाद्य तथा दैनिक उपभोग्य वस्तुको मन्त्रालयसँगको सहकारितामा किमको वस्त्र अनुसन्धान केन्द्रले यस्तो क्याटलग राखेको बताइएको छ ।

ती कपडामा प्रयोग भएका नक्कली फ्लानेलका फ्याब्रिकमा प्रोटिन, एमिनो एसिड, म्याग्नेसियम, फलको रस, आइरन, क्याल्सियम जस्ता खाद्य वस्तु मिलाइएको हुँदा यसले भोकमरीबाट बचाउन सक्ने बताइएको हो । यसरी सजिलै पानीमा घुल्न सक्ने भन्दै यी कपडाको प्रचार गरिएको छ ।

उत्तर कोरियाको अत्याधिक चिसो मौसमसँग लड्नकै लागि देशले बाक्लो ज्याकेटहरु बजारमा उपलब्ध गराइरहेको बताइएको छ ।

यसमा विभिन्न मोडलहरुले स्मार्टफोन र पुरुषका ब्यागहरु लिएर पोज गरेको प्रचार देख्न सकिने बताइएको छ ।

हाल सो ब्याग प्योङयोङका सबै पुरुषहरुमाझ अत्यन्तै लोकप्रिय रहेको उत्तर कोरियाली टुर फर्म सञ्चालन गर्ने अलेक सिग्लेले मिररसँग बताएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार