लण्डन । विश्वका पाँच ठूला अर्थतन्त्र अहिले मन्दीको जोखिममा देखिएका छन् । उनीहरुलाई त्यसतर्फ पुग्न धेरै समय नलाग्ने अवस्था देखिएको छ । जर्मनीमा बुधबार सार्वजनिक गरिएको एउटा आर्थिक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ ।

बेलायती अर्थतन्त्र दोस्रो चौमासिकमा खस्केको छ  । इटालीमा पनि बृद्धि रोकिएको छ । बुधबार प्रकाशित तथ्यांक अनुसार  विश्वको चौथो अर्थतन्त्रको रुपमा रहेको जर्मनीको अर्थतन्त्र पनि गएको जुन महिना सम्मको हिसाब गर्दा खस्केको देखिएको छ ।

निचोडमा भन्दा जर्मनीको अर्थतन्त्र मन्दीको संघारमा रहेको क्यापिटल इकोनोमिक्समा युरोपका प्रमुख अर्थशास्त्री एन्ड्रयु केनिन्घमले जनाएका  छन् । मेक्सिको पनि यस्तै मन्दीको संघारमा  छ । यो वर्ष उसको अर्थतन्त्र कमजोर हुने ठानिएको छ । तथ्यांक अनुसार ब्राजील दोस्रो चौमासिकमा मन्दीमा देखिएको छ ।

जर्मनी, बेलायत, इटाली, ब्राजील र मेक्सिको विश्वका २० प्रमुख अर्थतन्त्र मध्येमा पर्छन् । सिंगापुर र हङकङ साना भएपनि व्यापार र अर्थतन्त्रका लागि प्रमुख ‘हव’ मध्येमा पर्छन्, तिनीहरु पनि अहिले पीडामा छन् ।

बृद्धि कम हुनुमा विभिन्न मिश्रित तत्वले काम गरेको पाइन्छ । विश्वव्यापी रुपमा  उत्पादन घट्नु  र व्यापारको विश्वस्नीयता खस्कनुले अवस्थालाई अझ खराब बनाएको छ ।

चीनको ठूलो अर्थतन्त्र धीमा गतिमा बृद्धि भइरहेको छ । यो बृद्धि तीन दशक यताकै कम हो । यसो हुनुमा अमेरिकासँगको उसको व्यापार युद्ध मुख्य  कारण हो । अमेरिकाले चिनिया निर्यातमा आउँदो सेप्टेम्बरबाट थप कर लगाउने भनेको छ ।
“साझा दृश्य भनेको कमजोर विश्वव्यापी पृष्ठभूमि हो,” क्यापिटल इकोनोमिक्सका समूह प्रमुख अर्थशास्त्री नील शियरिङले भने ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले  यस वर्षको विश्वव्यापी अर्थतन्त्र ३ दशमलब २ प्रतिशतमा हुने जनाएको छ । यो सन २००९ यताकै कमजोर दर हो । उसले सन् २०२० को आफ्नो प्रक्षेपण पनि घटाएर ३ दशमलब ५ प्रतिशत हुने जनाएको छ ।

लगानीकर्ताहरु बढ्दो मात्रामा चिन्तित देखिएका छन् । जर्मनी पूर्णरुपमा निर्यातकर्तामा भर पर्ने गरेको छ । उसले असन्तुलित परिमाणको सामान चीनलाई बेच्दै आएको छ । लाकलस्टर ग्लोबल अटो सेल्सले पनि धक्का खाएको छ ।

“आजको जीडीपी रिपोर्टले निश्चित रुपमा जर्मन अर्थतन्त्रको सुनौलो दशकको अन्त्य भएको संकेत पनि गरेको छ,” डच बैंकका जर्मनीस्थित प्रमुख अर्थशास्त्री कार्सेन ब्रेज्स्कीले भने  ।

ब्रेक्जिट प्रसंग त्यसै टुंगिने डरले पनि जर्मनीको अर्थतन्त्र तल धकेलिएको महसुस गरिएको छ । कुनै सहमति बिना नै ब्रेक्जिट लागु भएमा त्यसको सबैभन्दा असर बेलायतलाई पर्नेछ ।

बेलायतको अर्थतन्त्र सन् २०१२ यता नै कमजोर भएपनि चौथो चौमासिकमा केही उकासिन सकेमा तत्काल मन्दीको खतरा हुँदैन ।

तर, प्रधानमन्त्री बोरिस जोहन्सनले आगामी अक्टोबर ३१मा युरोपेली संघसँग कुनै सहमति नगरी ईयूबाट बाहिरिने अवस्था ल्याए भने  बेलायतमा पनि मन्दीलाई कसैले रोक्न सक्ने छैन ।

इटालीमा कमजोर उत्पादकत्व, युवाको उच्च बेरोजगारी, ठूलो परिमाणको  ऋण, राजनीतिक अस्थिरता जस्ता विषयलाई अर्थतन्त्रमा समश्या पर्नुको कारण मानिएको छ ।

मेक्सिकोमा लगानी घटेको छ र सेवाको क्षेत्र दबाबमा छ । ब्राजिल ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र भएपनि कमजोर औधोगिक उत्पादन र उच्च संख्याको बेरोजगारीबाट पीडित छ ।

अर्को साता आउने तथ्यांकहरुले ब्राजील  मन्दीमा गए नगएको प्रष्ट गर्नेछ ।

शियरिङको भनाईमा कतिपय समश्यालाई परिभाषित गर्न सकिदैन । विश्वव्यापी रुपमा कम्पनीको सम्पति जस्तो उपकरणमा खर्च अहिले स्थिर छ । श्रम बजार दीगो  छ । उनले आगामी दिनमा विश्व अर्थतन्त्रका लागि तीन वटा ठूला खतरा पनि औंल्याएका छन् । पहिलो व्यापार युद्ध हो । यदि बेइजिङ र वाशिङटनबीचको तनाव निरन्तर रह्यो भने व्यापारको आत्मविश्वास खस्कनेछ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले यो तनाव कायम रहेमा बृद्धि आधा प्रतिशत हुने भनेर चेतावनी दिइ सकेको छ ।

अर्को मुख्य खतरा भनेको केन्द्रीय बैंक काम गर्न असफल देखिएको छ । फाइनान्सीयल मार्केटमा भएको नकारात्मक प्रतिक्रियाका कारण यसो भएको हो । अमेरिकी फेडरल रिजर्भले गएको महिना आफ्नो दर घटाएको थियो । उसले गएका ११ वर्ष पछि पहिलो पटक यसो गरेको हो ।

युरोपेली सेन्ट्रल बैंकले आउँदो सेप्टेम्बरमा  अप्ठेरो हुन सक्ने जनाएको छ । चीनमा पनि  व्याजदर घटाउन दबाब विकास भइरहेको छ । यस्तो भएको गएको चार वर्षमा पहिलो पटक हो ।

भारत र थाइल्याण्डका केन्द्रीय बैंकहरुले पनि दरलाई घटाएका छन् । आगामी दिनमा त्यसलाई  कटौती गर्ने अपेक्षा गरिएको छ । अन्तिम खतरा भनेको बृद्धिलाई विश्वव्यापी रुपमा मद्यत गर्दै आएको  सेवा क्षेत्र ओरालो  झर्दै जानु हो ।
(सीएनएनमा आधारित)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार