संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अेमरिका-दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास ‘अनावश्यक’ र ‘पूर्णरुपमा पैसा खर्चमात्र’ हुने निष्कर्ष निकालेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले फ्रान्सको राजधानी पेरिसमा जारी जी-७ समिटका क्रममा यस्तो बताएको योनहाप न्यूज एजेन्सीले जनाएको छ । उनले भने, “म मेरा सम्पूर्ण जनतालाई भन्छु कि यदि तपाईंले यो आवश्यक छ र उनीहरु संयुक्त सैन्य अभ्यास गरुन् भन्‍ने चाहना राख्नुहुन्छ भने संयुक्त अभ्यास गर्न सक्छन् । यसमा म कुनै हस्तक्षेप गर्दैन । तर, मरो विचारमा यो ‘अनावश्यक रुपमा पैसा खर्चमात्र’ हो । मलाई स्पष्टरुपमा लाग्छ कि यो अनावश्यक हो ।”

उत्तर कोरियाले समेत अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास नगर्न चेतावनी दिँदै आएको छ । उत्तर कोरियाले यूएस-दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासको कार्यक्रम स्थगित नगरेसम्म कुनै पनि प्रकारको संवाद नगर्ने अडानसहित बारम्बर न्युक्लियर मिसाइल प्रक्षेपण गर्दै चेतावनी दिइरहेको छ ।

भियतनामको राजधानी हनोईमा आयोजित ट्रम्प-किमबीचको दोस्रो वार्ता बिना निष्कर्ष टुंगिएपछि दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गर्ने घोषणा गरेका थिए । उत्तर कोरियाले शनिबार पनि दुई मिसाइल परीक्षण गरेको थियो । शनिबार परीक्षण गरिएका मिसाइलले छोटो दूरीमा क्षति गर्नसक्ने क्षमताका रहेको विश्वास गरिएको छ।

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको पछिल्लो आणविक परीक्षणले कुनै समझदारीको उल्लंघन नगरेको दोहोर्‍याइरहेका छन् । ट्रम्पले भने, “म पछिल्ला गतिविधिबाट खुशी छैन । तर पनि, उनले (किमले) कुनै पनि सम्झौताको उल्लंघन गरेका छैनन् ।”

टाइम्स अफ इन्डिया

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार