
यो वर्षको अक्टुबर १ मा चीनले जन गणतन्त्र स्थापनाको ७० औं वार्षिकोत्सव मनाउनेछ ।
दुई विश्वयुद्धले ध्वस्त पारेको स्थितिमा चीन सात दशकमा तेस्रो विश्वबाट उदीयमान शक्तिमा विकसित हुन पुग्यो । यो एक मजबूत अर्थव्यवस्था र आशाको प्रकाश हो जसले विश्वव्यापी आर्थिक व्यवस्थालाई स्थिर बनाउँदैछ । बहुपक्षीय विश्वको रक्षकको रूपमा कार्य गर्नेछ । साथैं बाह्य प्रभावबिना चीनले सार्वभौम अधिकारको प्रयोग गर्दै उच्च आर्थिक बृद्धिसँगैं नयाँ संस्था स्थापना गर्नेछ ।
चिनियाँ संस्कृति, सभ्यता र राष्ट्रको रूपमा एक असाधारण विश्वव्यापी पदचिह्न रहेको छ । यो हरेक महाद्वीपमा संलग्न छ र आज चिनियाँ भाषा यूरोप र उत्तर अमेरिकाका धेरै देशहरूमा प्राथमिक विद्यालय शिक्षा प्रणालीको एक हिस्सा बन्न पुगेको छ ।
यद्यपि चीनले कसरी अझ राम्रो संसार र साझा गन्तव्यको अवधारणामा योगदान र्पुयाइरहेको छ भन्ने कुरा अझ स्पष्टसँग बुझ्न हामी यसको वैश्विक प्रभाव १९४९ देखि लगातार चलिरहेको नीतिहरूलाई हेर्नेछौं र विश्वव्यापी समृद्धि र शान्तिको लागि चीनको चासोलाई प्रमाणित गरिरहेछ ।
जब चीनले आधिकारिक रूपमा १९५० को दशकमा आफ्नो वैदेशिक सहायता सुरु गर्यो, त्यस समयमा सहायता प्राप्त गर्ने अधिकांश देशहरू अफ्रिकी थिए । सन् १९७० र १९७५ को बीचमा चीनले निशुल्क ऋणमा तन्जानिया–जाम्बिया रेलवे निर्माण कार्यले त्यस कार्यलाई प्रमाणित गर्याे ।
त्यो बेला चीनबाट दिइएको ऋणले असाधारण वित्तीय संकेत थियो। जसले भर्खरको समयमा आफ्नै अर्थव्यवस्था निर्माण गर्न सुरु गरेको थियो । यस अवधिमा चीनले फुटबल स्टेडियमहरू, सार्वजनिक भवनहरू र स्वास्थ्य मिसन जस्ता धेरै अन्य परियोजनाहरूलाई पनि लगानी गरेको थियो जुन आज पनि अफ्रिकी नागरिकहरूमा त्यसको प्रभाव पार्छ ।
यही नयाँ रणनीतिक साझेदारीका साथ, चीन र अफ्रिकी देशहरूले सन् २००० मा चीन–अफ्रिका सहयोगमा फोरम स्थापना गरे ।
आज अफ्रिकी विकासका लागि चीनले ४० अर्ब डलर खर्च गरेको छ । चीनले दृढतापूर्वक प्रदर्शन गर्यो कि यसको एउटा नीति र एक दृष्टिकोण छ । त्यसले अफ्रिकी देशहरूलाई गरेका प्रतिज्ञाहरू पूरा गरेको छ । समृद्धिको यो नीति अफ्रिकामा रोकिएन, अझ हामी त्यो ल्याटिन अमेरिकामा पनि देख्न सक्छौं ।
ल्याटिन अमेरिकाको पावरहाउस ब्राजिललाई ब्रिक्स मञ्चमा ल्याएर चीनले दक्षिण अमेरिकाको सहयोगका लागि रणनीतिक साझेदार भएको स्पष्ट गर्यो ।
नतिजा स्वरूप, चीन र ल्याटिन अमेरिकी देशहरूबीचको वाणिज्य क्षेत्रमा निरन्तर बृद्धि भइरहेको छ । केवल २० वर्षमा चीन ल्याटिन अमेरिकाको दोस्रो ठूलो व्यापार साझेदार बन्यो ।
ब्राजिलको सोयाबिन चीनका लागि प्रमुख बजार हो । यस सम्बन्धमा ब्राजिल पेरु, अर्जे्न्टिना, भेनेजुएला र मेक्सिकोसँग नजिक छ ।
जोड दिदैं भन्दा, चीन अहिले इक्वेडर, भेनेजुएला र अर्जे्न्टिनाका लागि अन्तर्राष्ट्रिय ऋण प्रवाह गर्ने लाइनको मुख्य स्रोत हो । चीनको आर्थिक विकास बैंकहरूले ल्याटिन अमेरिकामा विश्व बैंक र अन्तर–अमेरिकी विकास बैंकले भन्दा बढी लगानी गर्छन् ।
चीनले यस क्षेत्रलाई गरेको सहयोगले धेरै ल्याटिन अमेरिकी राज्यहरूलाई आर्थिक रूपले फस्टाउन सहयोग गरेको छ ।
२० बर्षमा विश्वव्यापी समृद्धिलाई समर्थन गर्न चीनको सक्रिय भूमिकाको अर्को पक्ष भनेको संयुक्त राष्ट्रको सहस्राब्दी विकास लक्ष्य हासिल गर्न यसको योगदान हो।
सन् २००० मा संयुक्त राष्ट्रसंघको सहस्राब्दी विकास आयोजना स्थापना भएको थियो । चीनले पहिले नै विश्वको सबैभन्दा ठूलो जनसंख्यालाई गरीबीको घेराबाट फर्काउन सफल हुने मार्गमा अघि बढेको थियो ।
चीनको कम्युनिष्ट पार्टीले देशलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनाउनको लागि निर्माण गर्यो । जहाँ कि ८०० मिलियन भन्दा बढी मानिसहरूलाई गरिबीबाट उचालेर उसले विकसित विश्व नागरिकमा परिवर्तन गर्याे ।
संयुक्त राष्ट्रसंघको सहस्राब्दी विकास कार्यक्रममा चीनलाई महत्त्वपूर्ण भूमिका दिइयो, विशेष गरी सन् २०१२ र २०१३ को चीनको कुन्मिङ र बेइजिङ सम्मेलनपछि । चीनका उपलब्धिहरु, विकास सहायताको हितग्राहीको रुपमा अनुभव र अरु विकासोन्मुख देशहरुलाई विकास सहयोग प्रदायकको रुपमा विस्तार गर्ने भूमिकाले यसको भूमिका सुनिश्चित गर्छ ।
चीन अहिले संयुक्त राष्ट्रको बजेटमा छैठौं ठूलो योगदानकर्ता हो । संयुक्त राष्ट्र शान्ति स्थापनाका लागि ११ औं सबैभन्दा ठूलो योगदानकर्ता हो र ५००० बढी अन्तर्रा्ष्ट्रिय सन्धिहरूको शक्ति हो ।
चीनले गत ७० बर्षमा एक मजबूत, स्थिर देश र एक अद्वितीय विकास मोडेल स्थापना गर्न आफ्नो अर्थव्यवस्था निर्माण र उत्कृष्ट नीतिहरू प्रदान गर्नमा ध्यान केन्द्रित गरेको छ ।
यद्यपि यसले अन्तर्र्रािष्ट्रय मामिलामा आफ्नो भूमिका वा साझा भाग्य निर्माण गर्ने आफ्नो प्रतिबद्धता बिर्सेन र यो प्रमाणित गर्न हामीसँग ७० बर्षको उपलब्धि छ ।
लेखक चीन विदेश मामिला युनिभर्सिटी अन्तर्गतको अन्तर्र्रािष्ट्रय विद्यालयमा अन्तर्र्रािष्ट्रय स्नातक कार्यक्रमका शिक्षा निर्देशक हुन् ।
ग्लोबल टाइम्सबाट ।







