भारतीय माओवादीले आफ्नो आधार विस्तार गर्नका साथै मध्य भारतमा सरकारी गिरोहहरूको अन्त्य गर्न अन्तिम तयारी गरिरहेको बताइएको छ ।

उच्च स्रोतका अनुसार भारतीय माओवादीले बिहार, झारखंड र मध्य प्रदेश जस्ता राज्यहरूमा जनसेनामा व्यापक भर्ती अभियान शुरु गरेको सरकारी अधिकारीले बताएका छन् ।

प्राप्त जानकारी अनुसार सीपीआई माओवादीले सयौं मानिसलाई उनीहरुको स्थानीय गुरिल्ला स्क्वाडका लागि १० ठूला संरचनाहरुमा भर्ती गर्न खोजिरहेको छ ।

सुरक्षा अधिकारीहरूका लागि चिन्ताको विषय यो छ कि माओवादीहरूले कसरी सरकारी संरचना समाप्त गर्ने भन्ने एजेन्डामा छलफल गरेका छन् । भाकपा माओवादीले यी क्षेत्रहरूलाई आधार क्षेत्र मान्दछ ।

सरकारी अधिकारीहरुका अनुसार भरतीय माओवादीलाई बस्टार र सम्पूर्ण दण्डकरण क्षेत्रमा ठूलो क्षतिपछि पुन आफ्नो ताकत देखाउन उनीहरूको ठूलो प्रयास गरिएको बुझिएको छ ।

‘भारतीय माओवादीहरुले केरला–कर्नाटक र तमिलनाडुमा आफ्नो शक्ति पुनस्र्थापना गर्ने योजनाअनुरुप मध्य भारतमा ध्यान केन्द्रीत गरेको देख्न सकिन्छ ।’ एक सरकारी अधिकारीले भने ।

झारखंडजस्ता राज्यहरूमा भाकपा माओवादीलाई केही समयअगाडि केही ठूलो चोट पुगेको थियो । खासगरी सन् २००० को शुरुवातमा माओवादी विद्रोहले प्रभुत्व जमाइरहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार