
लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन आउँदो साता प्रधानमन्त्री पदबाट हट्न सक्ने एकजना विपक्षी सांसदले बताएका छन् ।
बेलायत युरोपेली संघ (इयु)बाट बाहिरिने प्रक्रियालाई सुनिश्चित गर्नका लागि अन्तरिम प्रशासन बनाउन प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी भइरहेको छ ।
स्कटिस नेशनल पार्टी (एसएनपी)का सांसद स्टेवार्ट होजीले बीबीसीसँगको कुराकानीमा शनिबार भनेअनुसार अर्को हप्ता हाउस अफ कमन्समा सरकारका विरुद्ध अविश्वासको प्रस्ताव आउन सक्नेछ ।
त्यो अवस्थामा प्रधानमन्त्री पदमा लेबर नेता जेरेमी कोर्बिन आउने सम्भावना रहेको छ । उनले ब्रेक्जिटको मामिलालाई केही पर सार्दै आम चुनावको घोषणा गर्न सक्नेछन् ।
(एजेन्सी)







