चिनियाँ राष्ट्रपति एवं चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सि जिन पिङले हालैं एक जर्नलमा लेख लेख्दैं आफ्नो पार्टीलाई सुदृढ गर्न आत्मसुधारमा जोड दिनुपर्ने बताएका छन् ।

पिपुल्स डेलीका अनुसार हालैं मंगलबार क्युउशी जर्नलमा प्रकाशित आफ्नो लेखमा सिले आफ्नो पार्टीलाई कडा अनुशासन पनि चाहिएकोमा जोड दिएका छन् ।

‘हाम्रो पार्टीले पार्टीलाई सुदृढ पार्न आत्मसुधार गर्न हिम्मत गर्नुपर्दछ’, लेखमा सिले भनेका छन्, ‘यसका लागि पार्टीको कडा स्वशासन पनि चाहिएको छ ।’

चिनियाँ राष्ट्रपति र केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सिले सीपीसीले हाल सामना गरिरहेका अभूतपूर्व नयाँ चुनौती र नयाँ आवश्यकतालाई पूर्ति गर्न पार्टीको उन्नत प्रकृति र शुद्धता चाहिएकोमा जोड दिएका छन् ।

साथैं सिले पार्टी निर्माणमा नविनता, पूर्ण आत्मसुधारको भावनालाई जोड दिनुपर्ने बताएका छन् ।

सिले पार्टीका विभिन्न निकायमा रहेर काम गर्ने पार्टी प्रमुखहरुलाई ‘तीन कठोरता’ र ‘तीन इमान्दारिता’लाई सिद्धान्तको रुपमा काम गर्न निर्देशन समेत दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार