टर्कीले रुसी मिसाइल खरिद गरेपछि अमेरिका रुष्ट भएको यहाँका अधिकारीहरुले जनाएका छन् ।

जसकारण अंकारामाथि अमेरिकाले प्रतिबन्ध लगाइउन सक्ने अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । ह्वाइट हाउसका सुरक्षा सल्लाहकार रोबर्ट ओब्रेनले यस्तो बताएका हुन् ।

ओब्रेनले अन्तर्वार्ताको क्रममा यस्तो बताएका हुन् । टर्कीका राष्ट्रपति तायीप एर्डोगनको अमेरिका भ्रमण हुनुभन्दा अघि ओब्रेनको टिप्पणी आएको हो । तायीपले नोभेम्बर १३ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई भेटने तालिका छ ।

टर्कीले यसअघि नै रसियन ‘एस–४०० एन्टि एयरक्राफ्ट सिस्टम’ गरिद गरेको थियो । जुन प्रविधिलाई अमेरिकाले ‘नाटो’सुरक्षासँग नमिल्दो र ‘एफ–३५’ फाइटर जेट्सका लागि चेतावनी दिएको रुपमा व्याख्या गरेको छ ।

RUSSIA-TURKEY/DEFENSE

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार