LEAD Technologies Inc. V1.01

चर्को स्वरमा प्रस्ट र रुखो अभिव्यक्ति दिएर बारम्बार चर्चामा आउने अमेरिकाका वर्तमान ४५औँ राष्ट्रपति डोनाल्ड जे. ट्रम्पका बारेमा केही तथ्यहरू प्रस्तुत छन् ।

ट्रम्पको कार्यकालका केही सफलता र केही असफलता छन् । उनको व्यक्तित्वको कुरा गर्दा उनको कपालको स्टाइल गज्जब छ । स्पष्ट बोल्ने शैली उनका लागि विवादास्पद त भई नै रहेको छ, यसले अमेरिकाको राष्ट्रपतीय इतिहासमै उनलाई अन्यभन्दा भिन्न बनाएको पनि छ ।

घरजग्गा कारोबारीदेखि क्यासिनो मालिक हुँदै रियालिटी टिभी स्टारसम्म बनेका ट्रम्प स्वाभाविक रूपमै राजनीति र व्यापारका क्षेत्रमा केन्द्रमा रहे ।

ट्रम्पबारेका यी तथ्य थाहा पाऔँ ।

– उनको पूरा नाम डोनाल्ड जोन ट्रम्प हो ।

– ट्रम्प अहिले ७३ वर्षका भए । उनको जन्म १४ जुन १९४६ मा न्युयोर्कमा भएको हो ।

– ट्रम्पले आफ्नो जीवनकालमा तीनवटा राजनीतिक धार समाते । सन् २०११–२०१२ मा उनी इन्डिपेन्डेन्ट थिए भने सन् १९८७–२००९ मा उनी डेमोक्रेटिक र अहिले रिपब्लिकन छन् ।

– उनको विवाह पनि तीन पटक भयो । पहिलो विवाह इभाना जेल्निकोभासँग सन् १९७७–१९९१, दोस्रो मार्ला म्यापल्ससँग सन् १९९३–१९९ र तेस्रो मेलानिया नसससँग सन् २००५ देखियता भएको हो ।

– उनका बुबाआमाका पाँच सन्तानमध्ये उनी दोस्रो सन्तान हुन् ।

– ट्रम्प धुम्रपान, मद्यपान गर्दैनन् । फोक्सोको क्यान्सरका कारण बितेका उनका दाजु रेड जुनियरको आग्रहका कारण उनले यी दुई चिज सेवन नगर्ने निर्णय गरेका हुन् ।

– ट्रम्पका पुर्खा जर्मन र स्कटिस थिए ।

– उनका काका प्रसिद्ध थिए, जोन जी ट्रम्प । उनी म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका प्राध्यापक थिए । उनले एफबीआईका लागि केही काम पनि गरेका थिए ।

– ट्रम्प परिवारको समुन्नति भने उनका हजुरबुबा फ्रेडरिक ट्रम्पले सियाटल र क्यानडामा रेस्टुरेन्ट र बोर्डिङ हाउस संचालन गर्न थालेपछि हसन थालेको हो ।

– उनको थर खासमा ड्रम्प्फ वा ड्रम्प्फ्ट थियो तर सन् १६०० मा भएको ३० वर्षे युद्धपछि ट्रम्प भन्न थालियो ।

– उनले न्युयोर्क मिलिटरी एकेडेमीमा पनि सहभागिता जनाएका थिए ।

– उनी फोरधाम युनिभर्सिटीमा अध्ययन गरे । युनिभर्सिटी अफ पेन्सिलभानिया वार्टनबाट सन् १९६८ मा अर्थशास्त्रमा स्नातक गरे ।

– उनको पहिलो रियल स्टेट भेन्चर उनको पारिवारिक कम्पनी नै थियो– एलिजाबेथ ट्रम्प एण्ड सन, जसलाई सन् १९७१ मा उनले सम्हाले र द ट्रम्प अर्गनाइजेसनमा रूपान्तर गरे ।

– सन् १९७८ मा उनले आफ्नो कम्पनीलाई मजबुत बनाउँदै म्यानहटनमा ग्राण्ड ह्यात होटल निर्माण गरे ।

– उनको ट्रम्प टावर सन् १९८३ मा पूरा भएको थियो ।

– ट्रम्प व्यक्तिगत हिसाबले कहिल्यै टाट पल्टिएनन् तर सन् १९९१–२००९ का बीच उनका व्यावसायिक कम्पनीहरू भने छ पटकसम्म टाट पल्टेका थिए ।

– ट्रम्पका विश्वभर १८ वटा गल्फ कोर्स रहेका छन् ।

– ट्रम्प कुनै समय तीनवटा मुख्य सुन्दरी प्रतियोगिताका आंशिक मालिक थिए भने सन् १९९६–२०१५ मा उनले मिस युनिभर्स, मिस युएसए र मिस टिन युएसएको आंशि स्वामित्व लिएका थिए ।

– सन् २००५ देखि २०१० सम्म ट्रम्पले ट्रम्प युनिभर्सिटी एलएलसी संचालन गरेका थिए, जहाँ रियल स्टेटबारे पढाइ हुन्थ्यो ।

– सन् १९८८ मा उनले डोनाल्ड जे. ट्रम्प फाउण्डेसन चलाएका थिए तर सन् २०१३ मा धेरैवटा आरोपमा उक्त फाउण्डेसन न्युयोर्कको महान्यायाधिवक्ता कार्यालयले बन्द गरिदियो ।

– चलचित्र र टेलिभिजनमा कार्यरतरूको हक अधिकारका लागि क्रियाशील स्क्रिन एक्टर्स गिल्डका सदस्य पनि हुन् ट्रम्प ।

– ट्रम्प एउटा टिभी रियलिटी शोका कार्यकारी निर्माता पनि हुन् । उक्त कार्यक्रम उनी राष्ट्रपति भएपछि रोकिएको छ ।

– उनी रेस्लिङका ठूला फ्यान हुन् ।

– तीनवटी श्रीमतीबाट ट्रम्पक पाँच सन्तान छन् । तीन जना उनकी पहिली श्रीमतीबाट छन् भने पछिल्ला दुई श्रीमतीबाट एक एक जना छन् ।

– उनका आठ जना नातिनातिना छन् ।

– सन् २०१६ को नोभेम्बरमै उनको सम्पति ३.७ बिलियन डलर थियो ।

– ट्रम्पले १९ जुलाई २०१६ मा अमेरिकाको राष्ट्रपतिमा निर्वाचन जितेका थिए ।

– उनी अमेरिकाका ४५औँ राष्ट्रपति हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार