पहिलोपटक चीन कूटनीतिक पद नियुक्त गर्नमा विश्वकै अग्रणी मुलुक बनेको छ ।

अष्ट्रेलियाको थिङ्क ट्यांकले गरेको अध्ययनका अनुसार २०१९ मा चीनले विश्वव्यापी रुपमा २७६ दूतावास र अन्य प्रतिनिधि कार्यालयहरु स्थापना गरि अमेरिकालाई हराएको हो जसले बेइजिङको बढ्दो अन्तर्राष्ट्रिय पहुँचको चाहनामाथि प्रकाश पार्दछ ।

चिनियाँ राष्ट्रपति शि जिनपिङ सत्तामा आएदेखि नै आफ्नो अन्तर्राष्ट्रिय प्रोफाइल बनाउनमा विशेष जोड दिँदै आएको छन् जसकै कारण अन्तर्राष्ट्रिय गतिविधिहरुमा  बेइजिङ पनि केन्द्रमा परिरहेको छ । यसमध्ये शिको सबैभन्दा महत्वाकांक्षी अन्तर्राष्ट्रिय परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभलाई मानिन्छ ।

सो सङ्ख्या अमेरिकाको भन्दा तीन पदले बढी हुन जान्छ जसपछिको सबैभन्दा बढी कूटनीतिक सम्बन्ध भएका देश फ्रान्स, जापान र रुस हुन् । चीन र अमेरिकापछिको सबैभन्दा ठूलो कूटनीतिक शक्ति फ्रान्सलाई मानिन्छ । यसमा बेलायत भने ११ औँ स्थानमा पर्दछ । यस रिपोर्टले दूतावास मात्र नभएर कन्सुलेटको पनि गन्ति गरेको छ र अनुसन्धानकर्ताहरुका अनुसार तथ्याङ्कले भू–राजनिितक पहुँचमा विभिन्न राष्ट्रहरुको शक्ति र कमजोरीबारे स्पष्ट पारेको छ । अर्थात् चीनको कूटनीतिक पहुँच अमेरिका भन्दा माथि पुगिसकेको छ ।

पछिल्ला केही वर्षहरुमा चीनको कूटनीतिक उदय व्यापक बन्दै गएको छ । २०१६ मा मात्र यो अमेरिका र फ्रान्सपछि तेस्रो स्थानमा रहेको थियो र केबल २६७ कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो । यसपछि २०१७ मा दोस्रो र २०१९ मा पहिलो स्थान हासिल गर्न सफल भएको हो । बेइजिङको नयाँ मिसन नै अहिले ताइवानसँग सम्बन्ध राख्ने देशहरुलाई लक्षित गर्नु रहेको पाइएको छ ।

हाल ताइवान भने ३२ औँ स्थानमा रहेको छ जसका विश्वभर केबल १५ दूतावास मात्र छन् भने १०७  वटा कूटनीतिक नियुक्ति रहेका छन् । यसरी चीन र ताइवान दुवैको विदेश नीति अन्र्तगत उनीहरुले ती देशसँग मात्र पूर्ण कूटनीतिक सम्बन्ध राख्ने गरेका छन् जससँग तिनको प्रतिद्वन्द्वीको कुनै सम्बन्ध छैन ।

तर सङ्ख्यामा जति ठूलो भएपनि अन्तर्राष्ट्रिय प्रतिष्ठाको निर्धारण कूटनीतिक सहभागीताको गुणस्तरले गर्ने बताइएको छ ।   सीएनएन

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार