सैन्य वरियाता वेबसाइट ग्लोबल फायर पावरका अनुसार अमेरिका विश्वकै शक्तिशाली सेना भएको मुलुक हो ।

यो मामिलामा विश्वका १३७ मुलुकको वर्गिकरणमा इरान १४ औं स्थानमा रहेको छ । यद्यपि इरानको बलियो क्षेत्रिय वैकल्पिक नेटवर्क र गठबन्धनले अमेरिकी निशानामा ठूलो चुनौती सिर्जना गर्न सक्छ र दुई मुलुकबीचको बढ्दो तनावमा प्रमुख भूमिका निर्वाहा गर्न सक्छ ।

इरानको तुलनामा अमेरिका ठूलो अन्तरले शक्तिशाली मुलुक हो भन्ने विषयमा कुनै दुईमत छैन । यद्यपि कुर्दस फोर्सले नेतृत्व गरेको इरानको वैकल्पिक शक्तिले अमेरिकालाई अप्ठेरोमा पार्न सक्छ । यो फोर्स इश्लामिक रिभोलुशनरी गार्ड कर्पसको शाखा हो । यो १९७९ मा स्थापना भएको थियो । तर अमेरिकासँग इरानको तुलना कसरी हुन्छ रु इरानसँग ५ लाख २३ हजार सक्रिय सेना, नेभी, एयर फोर्स र इश्लामिक रिभोलुसनरी गार्ड कर्पस आइआरजीसी रहेको छ ।

तर यो देशको जनसंख्या ८ करोड ३० लाख रहेको छ । यसले आवश्यक भएको खण्डमा थप जनशक्ति परिचालन गर्ने क्षमता राख्छ । इरानको प्रतिरक्षा बजेट ६‍‍‍.३ अर्ब डलर रहेको छ । अमेरिकाको रक्षा बजेट वार्षिक ७१६ अर्ब डलर रहेको छ । यसको ८ हजार ५७७ लडाकु ट्यांक , रकेट प्रोजेक्टर, सेल्फ प्रोपेल्ड हतियार, रहेका छन् ।

हवाई शक्तिमा सबै विमान र हेलिकप्टर गरेर ५१२ रहेका छन् । या मुलुकका ३९८ जहाज रहेका छन् । इरानसँग हाल १२ अपरेसनल मिसाइल रहेका छन् । यो पनि अधिकांश छोटो र मध्यम दुरीका रहेका छन् । केही संख्याका मिसाइलहरु अझैपनि विकासकै क्रममा रहेको मिसाइल थ्रेटले जनाएको छ । यद्यपि अमेरिकी रक्षा विभागका अनुसार इरानको मिसाइल फोर्स मध्यपूर्वकै ठूलो हो ।

अमेरिकाको शक्ति भने विश्वकै ठूलो रहेको मानिदै आएको छ । यो मुलुकको सक्रिय सेनाको संख्या १२ लाख ८१ हजार ९०० रहेको छ र अतिरिक्त १४ करोड ४८ लाख ७२ हजार ८४५ उपलव्ध जनशक्ति रहेको छ । अमेरिकाको रक्षा बजेटनै ७१६ अर्ब डलरको रहेको छ । इरानको तुलनामा थोरै मात्र मिसाइल भएपनि यी सबै अत्याधुनिक रहेका छन् । अमेरिकाका यी मिसाइलहरुमा ट्रिडेन्ट डी–५ र अन्तरमहाद्विपिय ब्यालेस्टिक मिसाइल ९आईसीबीएम० रहेको मिसाइल थ्रेटले जनाएको छ ।

अमेरिका र रुससँग संयुक्त रुपमा विश्वकै ९० प्रतिशत भन्दा बढी परमाणु वारहेड रहेको विश्वास गरिदै आ एको छ । अमेरिकासँग विश्वकै ठूलो हवाई र सामुद्रिक सेना रहेको छ । यो मुलुकसँग ४८ हजार ४२२ लडाकु ट्यांक, रकेट प्रोजेक्टर, सेल्फ प्रोपेल्ट आर्टिलरी, लडाकु वहान रहेका छन् ।

हवाई शक्तिमा हाल अमेरिकाको १० हजार १७० सम्पत्ति र ४२५ नेभल फोर्स रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार