गएको शुक्रबार बिहान सखारै भएको ड्रोन हमलामा संरा अमेरिकाले इरानको इस्लामिक क्रान्तिकारी गार्ड कोर्पअन्तर्गत कुद फोर्सका प्रमुख मेजर जनरल कासम सोलेमानी र इराकको पपुलर मोबिलाइजेसन युनिटका कमान्डर अबु महेदी अल–मुहान्दिसको हत्या ग¥यो ।

संरा अमेरिकाको सो हमलाले मध्यपूर्वलाई तरङ्गित बनायो । इरानी सर्वोच्च नेता आयोतोल्लाह अली खामेनीले संरा अमेरिकाविरुद्ध ‘निर्मम प्रतिकार’ गर्ने चेतावनी दिए । इराकको राजधानी बग्दादस्थित संरा अमेरिकी दूतावास र संरा अमेरिकी विदेश विभागले शुक्रबार नै इराकमा रहेका सबै अमेरिकी नागरिकलाई ‘तत्काल इराक छोड्न’ सूचना जारी गरेको छ ।

संरा अमेरिका र इरानबीचको यो चरणको चर्किंदो द्वन्द्व सन् २०१९ को डिसेम्बर २७ बाट सुरु भएको थियो । त्यो दिन उत्तरी इराकस्थित संरा अमेरिकी आधार शिविरमा भएको हमलामा परी एक जना अमेरिकी ठेकेदार मारिनुका साथै चार जना संरा अमेरिकी सिपाही घाइते भएका थिए । त्यो घटनाको दुई दिनपछि संरा अमेरिकाले इराकी सिया सशस्त्र समूह कटैब हेबुल्लाहको आधार शिविरमा गरेको हमलामा परी सो समूहको २५ जना लडाकु मारिएका थिए । डिसेम्बर २७ मा संरा अमेरिकी सैनिक आधार शिविरमा भएको रकेट हमलाको लागि संरा अमेरिकाले इरानमाथि दोषारोपण गरेको थियो । डिसेम्बर ३१ को दिन इराकस्थित संरा अमेरिकी दूतावासमाथि हमला भयो । सो हमलाको लागि इरान जिम्मेवार रहेको वासिङ्टनले दोषारोपण ग¥यो । सोलेमनीको हत्या यही तनावपूर्ण अवस्थाको सिलसिला थियो ।

अवस्थाबारे बुझ्न अझै पनि सबै सूचनाको खाँचो छ । सन् २००३ मा सुरु भएको युद्धको क्रममा संरा अमेरिकाले सद्दाम हुस्सेनको सरकार फालेको थियो । तर, इराकको अवस्था संरा अमेरिकाले चिताएजस्तै बनेन । इराकको राजनीति थप साम्प्रदायिक र जातीय तरिकाबाट अघि बढ्यो । इराकको कुल जनसङ्ख्याको ६० प्रतिशतभन्दा बढी सिया मुसलमानहरू छन् । इराकी राजनीतिमा खेल्न त्यो अवस्थाले इरानलाई सहज बनाउँदै आएको छ । इरान र इराकका केही शक्तिको लागि सोलेमानीको बग्दाद भ्रमण भनेको सामान्य घटना थियो । उनीहरू सोलेमानीविरुद्ध संरा अमेरिकी हमलालाई ‘हत्या’ र ‘अन्तर्राष्ट्रिय आतड्ढवादी कार्य’ मान्छन् ।

संरा अमेरिका र इरानबीचको यो चरणको चर्किंदो द्वन्द्व सन् २०१९ को डिसेम्बर २७ बाट सुरु भएको थियो । त्यो दिन उत्तरी इराकस्थित संरा अमेरिकी आधार शिविरमा भएको हमलामा परी एक जना अमेरिकी ठेकेदार मारिनुका साथै चार जना संरा अमेरिकी सिपाही घाइते भएका थिए । त्यो घटनाको दुई दिनपछि संरा अमेरिकाले इराकी सिया सशस्त्र समूह कटैब हेबुल्लाहको आधार शिविरमा गरेको हमलामा परी सो समूहको २५ जना लडाकु मारिएका थिए । डिसेम्बर २७ मा संरा अमेरिकी सैनिक आधार शिविरमा भएको रकेट हमलाको लागि संरा अमेरिकाले इरानमाथि दोषारोपण गरेको थियो । डिसेम्बर ३१ को दिन इराकस्थित संरा अमेरिकी दूतावासमाथि हमला भयो ।

संरा अमेरिकाले यसअघि नै इरानी कुद सेनालाई विदेशी आतड्ढवादी सङ्गठन करार गरेको थियो । संरा अमेरिका र इरानले एकअर्कालाई आतड्ढवादीको आरोप लगाउँदै आएका छन् । उनीहरू एकअर्का विरुद्ध जस्तालाई तस्तैको नीति अबलम्बन गर्दै छन् । के वासिङ्टनले गर्न खोजेको यही हो ?

संरा अमेरिका आफूलाई ठूलो र शक्तिशाली देश ठान्छ । उसले सजिलै एक जना महत्वपूर्ण इरानी अधिकारीको हत्या ग¥यो । तर, सोलेमानीको हत्याले सिया मुसलमान समुदायबीच कति घृणा फैलिने होला ? के मध्यपूर्वमा अमेरिकी सिपाही सुरक्षित छन् ?
एउटा कुरा भने पक्का हो, यो घटनाले इरान र इरानको प्रभावका क्षेत्रमा संरा अमेरिकाविरुद्ध थप आक्रोश र आक्रामकता फैलिने छ । अफगानिस्तान युद्धयता संरा अमेरिकाले उसले दुश्मन करार गरेका शक्तिका धेरै उच्च अधिकारी र नेताहरू समेतको हत्या गरेको छ । संरा अमेरिकाले चुकाएको चर्को मूल्यबीच के वासिङ्टनले मध्यपूर्वमा संरा अमेरिकाविरोधी भावना कम गर्न कुनै सफलता हासिल गरेको छ ? प्रष्टतः त्यस्तो सफलता उसले हासिल गर्न सकेको छैन । विगतभन्दा मध्यपूर्वमा संरा अमेरिकाविरोधी भावना व्यापक बनेको छ ।

अरब देशहरूसँगको लडाइँमा इजरायललाई संरा अमेरिकाले मद्दत गर्दै आएको छ । ‘अरब आन्दोलन’ मा पनि संरा अमेरिकाले इजरायलको पक्षमा सहयोग ग¥यो । सिया शासनविरुद्ध उसले सुन्नी मुसलमानहरूलाई मद्दत गर्दै आएको छ । जे गर्दा पनि मध्यपूर्वमा संरा अमेरिकाले शत्रु नै कमाइरहेको छ ।

वासिङ्टनले सोलेमनी हत्याबाट आइपर्ने गम्भीर परिणामको न्यूनाङ्कन गरेको छ । खामेनीको ‘निर्मम प्रतिरोध’ चेतावनीभन्दा पनि धेरै हो । उनको त्यो अभिव्यक्ति मध्यपूर्वका सबै सिया समुदायको भावना र आवाज हो । इरानी सरकारले प्रतिरोध नगरे पनि विभिन्न क्षेत्रीय शक्तिले यसको प्रतिरोध गर्नेछन् ।

संरा अमेरिका निकै ‘शक्तिशाली’ छ । कुनै पनि चुनौतीको सामना शक्तिको प्रयोगबाट हुनसक्ने उसको विश्वास देखिन्छ । तर, शक्तिको प्रयोगले विनाश मात्र निम्तिने हो । यसले जनताको इच्छाशक्तिमा रूपान्तरण गर्न सक्दैन ।

मध्यपूर्वमा संरा अमेरिकाको नीति असफल रहेको कुरा भन्न सकिन्छ । अमेरिकी सरकारको यतिबेलाको सबभन्दा मूल चासो भनेको कसरी अमेरिकी जनताको समर्थन जितिरहने भन्ने हो ।

मध्यपूर्वको समस्या दीर्घकालीनरूपमा समाधान गर्न उसको खासै चासो छैन । बरु उसले अल्पकालीन कारबाहीलाई नै बढी जोड दिइरहेको छ ।
ग्लोबल टाइम्स, नेपाली अनुवादः सुमन

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार