
चीनमा कोरोना भाइरस महामारीका रुपमा फैलिएपछि गत बिहीबार १० दिनमा नयाँ अस्पताल निर्माण गर्ने घोषणा गरेको चीनले ५ दिनमा ठूलो भवनमा अस्पताल निर्माण गरेको छ ।
चिनियाँ अधिकारीहरुले यसअघि सात दिनमा अस्पताल निर्माण गरेको रेकर्ड भए पनि यसपटक छ दिनमै सक्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नयाँ अस्पतालमा कोरोनाका बिरामीहरुका लागि विशेष उपचार गर्ने बताइएको थियो । तर, चीनले पाँच दिनमै उक्त अस्पताल तयार गर्यो । जुन अस्पतालको मंगलबारदेखि सञ्चालनमा ल्याएको छ ।
चीनले कोरोना भाइरसका बिरामीलाई उपचार गर्ने हजार शय्याको अस्पताल मंगलबार रातिदेखि सञ्चालनमा ल्याइएको हो ।
एकदिनमै भवन ठड्याइएको र कामदार तथा स्वयंसेवकहरुले निरन्तर ४८ घण्टा खटिएर सुविधा सम्पन्न अस्पतालमा रुपान्तरण गरेको डेलिमेलले जनाएको छ ।
कोरोना भाइरसबाट विरामी परेकाहरुलाई उपचारका लागि चीनले ६ हजार मेडिकल डक्टरहरु दिनरात अस्पतालमा खटाइरहेको छ ।
चिनियाँ कनस्टक्सन थर्ड इन्जिनियर ब्युरोका प्रवक्ताको भनाईलाई उदृत गर्दै सिन्हवा समाचार एजेन्सीकाअनुसार सो अस्पतालनको भवन निर्माणका लागि ६० हजार स्क्वायर मिटर (१४ एकड) क्षेत्र ओगटेको छ । साथैं ५१ हजार वर्गमिटरसँग रोड क्षेत्र र ९ हजार वर्गमिटर क्षेत्रमा शयन कक्ष बनाइएको छ ।
शुरुमा सो अस्पतालमा १३०० बेडसहितका लागि डिजाइन गरिएको थियो तर वुहान सरकारले भर्खरको दिनहरूमा यसको प्रकोप तीव्र भएपछि थप ३०० बेडहरू स्थापना गर्ने निर्णय गरिसकेको छ।
भवन निर्माण कार्य औपचारिक रूपमा आइतबार शुरू भयो र त्यही दिनदेखि यस परियोजनाको एक तिहाई काम सकिएको प्रतिवेदनले जनाएको छ ।







