सन् २००८ को आर्थिक मन्दीबाट उठेको ब्रेक्जिट सम्बन्धी मुद्दा थुप्रै आरोह अवरोह पार गर्दै अन्ततः टुंगो लागेको छ ।

शुक्रबार राति अर्थात सन् २०२०, जनवरी ३१ तारिखदेखि बेलायत युरोपियन युनियनबाट औपचारिक रुपमा आलग भएसँगै युरोपियन युनियनको सदस्यताबाट समेत पूर्णरुपमा बाहिरिएको छ ।

अलग भएसँगै अब एघार महिना अर्थात ३१ डिसेम्बर २०२० सम्म संक्रमणकालिन अवधिको रुपमा रहनेछ । अलग्गिएको दिनलाई बेलायतवासीहरुले ठूलो उत्सवका रुपमा हर्षोल्लासकासाथ मनाएका छन् । संसद भवनबाहिर भव्य कार्यक्रम आयोजना गरियो जहाँ हजारौं सहभागी थिए ।

दिनभर ब्रेक्जिट पक्षधरहरु झण्डा बोकेर नारा लगाइरहेका थिए । त्यहाँको माहोल एकदम उत्लासमय देखिन्थ्यो । प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिट अगाडि राति १० बजेदेखि ब्रेक्जिट काउन्ट डाउन गरिएको थियो ।

पार्लियामेन्ट स्क्वायरमा युनियनको झण्डाहरु फहराइएको थियो । सो क्रममा हजारौंको संख्यामा बेलायातवासीको भीड लागेको थियो ।

प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतवासीका नाममा विशेष सम्बोधन गर्दै अब नयां बिहानी शुरु भएको बताएका छन् । आजबाट ब्रेक्जिटको एउटा अध्याएको अन्त भएको छ भने अब अर्को अध्यायको शुरुवात भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार