नयाँदिल्ली(भारतको केन्द्र सरकारले शनिबार ३०.४२ ट्रिलियन भारतीय रूपैँयाको वार्षिक वजेट सार्वजनिक गरेको छ ।

सरकारले आफ्नो प्रतिवद्धता अनुसार गुणस्तरीय जीवन र मुलुकको आर्थिक सुधारलाई लक्षित गरी बजेट सार्वजनिक गरेको बताएको छ । त्यसैगरी अप्रिल १ बाट सुरू हुने बजेटको आम्दानी २२.४६ ट्रिलियन हुने प्रक्षेपण सरकारले गरेको छ ।

केन्द्र सरकारले लगानी अभिवृद्धिका लागि राजस्व सङ्कलनमा महत्वपूर्ण कदम चालेको दावी गरेको छ । तर प्रक्षेपित कर सङ्कलन सकारात्मक लयमा आउनका लागि केही समय लाग्ने अनुमान सरकारले गरेको छ ।

आर्थिक वर्ष २०२०/२१ का लागि सरकारले लिने ऋणको धेरै अंश भने पूँजीगत खर्चमा प्रयोग गरिनेछ । सरकारले पूँजीगत खर्च २१ प्रतिशतले बढ्ने अनुमान गरेको छ ।

केन्द्र सरकारका अर्थमन्त्री निर्मला सितारमणले सरकारले आर्थिक वृद्धिका लागि विभिन्न आधारहरू तय गरेको बजेट सम्वोधनमा बताइन । जारी परिस्थितिको आधारमा सरकारले आर्थिक वर्ष २०२०र ०२१ का लागि कुल ग्राहस्थ उत्पादनको १० प्रतिशत वृद्धि रहने अनुमान गरेको छ ।

सरकारको संशोधित अनुमान अनुसार चालु आर्थिक वर्षको खर्च २६।९९ ट्रिलियन भारतीय रूपैँया र सरकारी आय १९।३२ ट्रिलियन रहने छ ।

भारतले नेपाललाई दिने सहयोग कटायो !

भारतले आर्थिक सहयोग गर्ने प्रमुख देशहरूमध्ये सबैभन्दा धेरै कटौती नेपाललाई दिने सहयोगमा देखिएको छ ।

भारतले सहयोग कटौती गरेका देशमा नेपालबाहेक अफ्रिकी देश, मौरिशस, मालदिभ्स तथा श्रीलंका रहेका छन् ।

तर नेपाललाई दिने सहयोगमा ४०० करोड कम गरेको भारतले अफ्रिकी देशलाई केवल १०० करोड, मौरिशसलाई ७५ करोड, मालदिभ्सलाई २६ करोड र श्रीलंकालाई केवल ५ करोड भारतीय रुपैयाँ कटौति गरेको देखिएको छ ।

नेपाललाई दिइआएको सहयोगमा करिब ३३ प्रतिशत कटौति भएको छ भने अन्य देशको सहयोगमा ठूलो कटौति भएको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार