
सन् १५३० मा आएर उनले यही सिद्धान्तबारे एउटा किताब लेखे । उनले लेखेको किताबको नाम De Revolutionibus (On the Revolutions of the Celestial Spheres) थियो । यो किताब सन् १५४३ मा प्रकाशित भयो । (त्यही साल नै उनको निधन भएको थियो ।)
उनको किताबले त्यसबेला ठूलो हल्लीखल्ली मच्चियो । चर्चको ठूलो मान, सम्मान र दवाब रहेको बेला त्यसले बाइबल र चर्चको, अनि त्यसबेला सबैले स्वीकारेका टोलेमीको पृथ्वी केन्द्रीत सिद्धान्तको खण्डन गरेका थिए । इशाको दोस्रो शताब्दीताका इटालीमा जन्मेका गणितीज्ञ एवं खगोलविद् टोलेमीले ‘पृथ्वी केन्द्र हो, यो स्थीर छ र अरु सबै आकाशीय पिण्डले यसलाई परिक्रमा गर्छन्, त्यसै गरी ब्रम्हाण्डको आकार सीमित छ’ भन्ने मान्यता अगाडि सारेका थिए । उनी दार्शनिक प्लेटोका विचारका अनुयायी थिए । तर कोपर्निकसको सूर्य केन्द्रीत सिद्धान्तले टोलेमीको पृथ्वी केन्द्रीत सिद्धान्तमाथि प्रहार गरेको थियो । चर्च र टोलेमीको मान्यता मिल्थ्यो । त्यसैले चर्चले कोपरनिकसलाई धर्मविरोधी घोषणा गर्यो । त्यसबेलाका धेरै खगोलशास्त्रीहरुले पनि उनको विचारलाई गलत र अमान्य घोषणा गरे ।

तत्कालै कोपर्निकसको विचारले समाजमा मान्यता पाउन सकेन । तर त्यसले त्यसबेलाको समाज र वैज्ञानिकहरु माझ उथुलपुथुल ल्यायो ।
तत्कालै कोपर्निकसको विचारले समाजमा मान्यता पाउन सकेन । तर त्यसले त्यसबेलाको समाज र वैज्ञानिकहरु माझ उथुलपुथुल ल्यायो । उनको विचारलाई नमान्ने ठूलै जमात् थियो भने उनको विचार सही हो भनी मान्नेहरु पनि निक्लँदै थिए । यसैक्रममा इटालीका दुई महान् वैज्ञानिकहरु ग्यालिलियो र ब्रुनोले पनि पछि आएर विभिन्न अध्ययन एवं प्रयोगहरुबाट कोपर्निकसकै सिद्धान्त सही रहेको कुरा पुष्टि गरे । वैज्ञानिक ब्रुनोले त कोपर्निकसको विचारलाई अझ परिमार्जन गर्दै “ब्रम्हाण्डको सीमा नै छैन र ब्रम्हाण्डमा हाम्रा जस्ता सौर्यमण्डल अरु पनि थुप्रै छन्” भन्ने त्यसबेलाका नयाँ सिद्धान्तको पनि प्रतिपदान गरेका थिए । यसरी धर्मशास्त्रको मान्यतालाई ठाडै उल्टाउने विचार व्यक्त गर्ने ब्रुनोलाई त झन् राक्षस घोषणा गर्दै चर्चको आदेशमा सन् १६०० मा जिउँदै जलाइएको थियो ।
इटालीका दुई महान् वैज्ञानिकहरु ग्यालिलियो र ब्रुनोले पनि पछि आएर विभिन्न अध्ययन एवं प्रयोगहरुबाट कोपर्निकसकै सिद्धान्त सही रहेको कुरा पुष्टि गरे । वैज्ञानिक ब्रुनोले त कोपर्निकसको विचारलाई अझ परिमार्जन गर्दै “ब्रम्हाण्डको सीमा नै छैन र ब्रम्हाण्डमा हाम्रा जस्ता सौर्यमण्डल अरु पनि थुप्रै छन्” भन्ने त्यसबेलाका नयाँ सिद्धान्तको पनि प्रतिपदान गरेका थिए ।
कोपर्निकसको सिद्धान्तलाई समर्थन र विस्तार गरेवापत ग्यालिलियोले पनि ठूलै सास्ती र अपमान भोग्नुपरेको थियो । ज्यान जोगाउनको लागि उनले सन् १६३३ मा चर्चको अदालतमा आफूले गलत सिद्धान्तको प्रतिपादन एवं पक्षपोषण गरेको, पृथ्वी नै केन्द्र रहेको भनी घुँडा टेकेर माफी माग्नुपर्यो । तर पनि उनले मुक्ति पाएनन् । उनलाई आजीवन कैद गरियो ।
धर्मान्धता र गलत विचार सधैं टिक्न सक्दैन । सत्य कुरा सही साबित भएरै छाड्छ । विज्ञान र प्रविधिमा भएका विकासहरुले पछि आएर कोपर्निकस, ब्रुनो, ग्यालिलियोका सिद्धान्तहरु नै सही रहेको साबित गरेरै छाड्यो । त्यसलाई अहिले सबैले सही हो भनी स्वीकारेका छन् । त्यसबेला वैज्ञानिकहरुको हत्या गर्ने, अपमान गर्ने र कैद गर्ने चर्च पनि त्यो सिद्धान्तलाई सही मान्न बाध्य भइसकेको छ ।
यसरी आजभन्दा ४, ५ सय वर्षअगाडि यस्ता महान् सिद्धान्तको प्रतिपादन गर्ने कोपर्निकसलाई आधुनिक खगोलशास्त्रका पिता भनेर विज्ञान जगत्मा सम्मान गरिने गरिन्छ । उनको सम्मानमा विभिन्न देशहरुले हुलाक टिकट पनि जारी गरेका छन् ।







