
Philippine President Rodrigo Duterte gestures as he speaks at the Davao International Airport after arrving back from a state visit to Brunei and China on October 22, 2016.
Philippine President Rodrigo Duterte said on October 22 he would not sever his nation’s alliance with the United States, as he clarified his announcement that he planned to “separate”. / AFP / MANMAN DEJETO (Photo credit should read MANMAN DEJETO/AFP/Getty Images)
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो ड्युटेर्टेलाई संरा अमेरिकासँग विद्यमान आगन्तुक शक्ति सम्झौता (भीएफए) विस्थापित गरी नयाँ सैनिक सम्झौताको लागि वार्ता गर्न कुनै अधिकार नभएको उनका प्रवक्ता साल्भाडोर पानिलोले आइतबार बताएका छन् ।
पानिलोले राष्ट्रपति ड्युटेर्टे संरा अमेरिकासँग कुनै नयाँ सैनिक सम्झौता गर्न नचाहेको बताउँदै भीएफए खारेज गर्न राष्ट्रपति प्रतिबद्ध रहेको बताए ।
संरा अमेरिकाको लागि फिलिपिन्सका राजदूत जोसे मानुएल रोमुल्डेजको संरा अमेरिका र फिलिपिन्सबीच भीएफएजस्तै अर्को सहमति गर्ने बाटोको खोजी भइरहेको भन्ने भनाइलाई पानिलोले खण्डन गरेका छन् ।
“मैले राजदुत रोमुल्डेजसँग हालै कुराकानी गरें । उनले आफूले त्यस्तो नभनेको बताएका छन् । बरु आफूले फिलिपिन्सको लागि अरु कुनै उपयुक्त सहमति फाइदाजनक छ कि छैन भन्ने विषयमा अध्ययन गरिरहेको बताएको मलाई जानकारी गराए”, पानिलोले भने ।
उनले संरा अमेरिकाले सम्भावित नयाँ सहमतिको लागि दबाब दिइरहेको तर राष्ट्रपतिले संरा अमेरिकासँग कुनै नयाँ सम्झौता विचार नगरिसकेको बताए ।
“अहँ, राष्ट्रपतिबाट कुनै स्वीकृति भएको छैन । यो पक्कै पनि राजदूत रोमुल्डेजवा अमेरिकी समकक्षीको पहलकदमी हुनुपर्छ । उनीहरू बढी प्रभावित भएकोले उनीहरूबाट बढी पहल गरेको हुनसक्छ”, प्रवक्ताले भने ।
उनले संरा अमेरिकासँग कुनै पनि नयाँ सैनिक सम्झौताको लागि राष्ट्रपति ड्युटेर्टेले रोक लगाएको बताए ।
“राष्ट्रपतिको मतमा कुनै परिवर्तन भएको छैन । उनी भीएफए खारेज गर्न चाहन्छन् । उनी आत्मनिर्भर रहन चाहन्छन् । उनको मुख्य विषय यही हो”, उनले भने ।
गत साता राष्ट्रपति ड्युटेर्टेले सार्वजनिकरूपमा दिएको एक भाषणमा संरा अमेरिकी सेनाको सहयोगबिना नै फिलिपिन्सका सेना आतङ्कवादविरुद्ध लड्न सक्षम भएको बताएका थिए ।
गत फेब्रुअरी ११ मा फिलिपिन्सले औपचारिकरूपमा संरा अमेरिकासँगको भीएफए सम्झौता एकपक्षीयरूपमा खारेज गर्ने जानकारी वाशिङ्टनलाई गराएको थियो ।
संरा अमेरिका र फिलिपिन्सबीच सन् १९९८ मा भीएफए सम्झौतामा हस्ताक्षर गरेको थियो । सो सम्झौताले दुई देशबीच संयुक्त सैनिक अभ्यास हुँदै आएको छ ।







