उत्तर कोरियले सोमबार छोटो दूरीका तीन मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । उत्तर कोरियाले ‘महत्वपूर्ण’ एक्सन लिने बताएको दुई दिनपछि सोमबार पूर्वी तटतर्फ तीनवटा प्रक्षेपण गरेको हो ।

सिओलस्थित जोइन्ट चिफ अफ स्टाफ पार्क हान-कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उत्तर कोरियाले दक्षिण हाङयोङ प्रान्तबाट पूर्वी तटीय क्षेत्रतर्फ तीन मिसाइल प्रक्षेपण गरेको छ । उक्त मिसाइलहरु ५० मिटर माथिबाट २०० किलोमिटर टाढासम्म पुगेको छन् । सैनिकहरुले थप प्रक्षेपणको निगरानी गरिरहेको र आवश्यक तयारी गरिरहेका छन् ।”

जापान रक्षामन्त्रालयका प्रवक्ताले उत्तर कोरियाले तीनवटा ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको बताएका छन् । तर, जापानको भू-भागमा पुगेको संकेत भने नआएको उनले बताए ।

विगत १० दिनदेखि उत्तर कोरियाली नेता किम जोङ उनले दुई चरणको लाइभ-फायर आर्टीलरी अभ्यासको सुपरभाइज् गरिरहेको बताएका थिए । नोभेम्बरयताको यो पहिलो हतियार परीक्षण भएको बताइएको थियो ।

किमले नयाँ वर्षदेखि आणविक हतियारलाई थप प्रबर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका भिन नाराङले भने, “किमले परीक्षण, सुधार र सञ्‍जालनलाई नियमित गरिरहेका छन् ।” – अलजजिरा

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार