कोरोना भाइरसको संक्रमणले अमेरिकामा कुल जागरेमध्ये आधाको रोजगार नै धरापमा परेको छ ।

अमेरिकामा कुल १५ करोड ३० लाख जनाका लागि जागिर सुरक्षित रहँदै आएकोमा आठ करोड जागिर धरापमा परेको हो ।

मडिज एनालिटिक्सको विश्लेषणमा आठ करोड जागिर धरापमा परेको तथ्यांक सार्वजनिक भएको हो । सबैले जागिर गुमाउने नभई त्यसमा विभिन्न किसिमका प्रभाव देखिन लागेको हो ।

कतिपय विना तलब घर बस्नुपर्ने, तलब काटिनेलगायतका समस्या आउन लागेको हो । कम समय काम पाउने अवस्था समेत सृजना भएको हो ।

यातायात, यात्रा, पर्यटनलगायतका क्षेत्रमा संकट आएको छ । ती क्षेत्रका जागिरेलाई असर परेको छ । अन्य क्षेत्रका जागिरेलाई पनि असर परेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार