
चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरुले कोरोना भाइरसका विरुद्ध लड्न प्रत्येक पार्टी सदस्यहरुबाट चन्दा संकलन गरेका छन् ।
कोरोना भाइरसका विरुद्ध लड्न सीपीसीका सदस्यहरुले कोरोनालाई राष्टिय लडाइँका रुपमा लिई प्रत्येक सदस्यहरुबाट चन्दा संकलन गरिएको हो ।
देशैभरिका पार्टी सदस्यहरुबाट जम्मा भएको रकम ५.२८ बिलियन युआन डलर (अमेरिकी ७५० मिलियन डलर) चिनियाँ अर्थमन्त्रालयलाई हस्तान्त्रण गरिएको छ ।
यो जम्मा भएको रकम कोरोना भाइरसका विरुद्ध अग्रपंक्तिमा लड्ने स्वास्थ्य स्वंसेवक, पत्रकार, सुरक्षाअधिकारीलाई आपत परेको बेला प्रयोग गरिने बताइएको छ ।
चिनियाँ समाचार एजेन्सी सिन्हुआका अनुसार शनिबारसम्म जम्मा भएको रकमलाई थप जारी राख्ने बताइएको छ ।







