
कोरोना महामारीका कारण सिङ्गो भारतमा लकडउान घोषणा गरिएपछि भारतका माओवादीहरुले भने लकडाउनलाई मौकाको रुपमा लिएको समाचार छ ।
समाचार अनुसार, माओवादीले स्थानीयवासीलाई गाउँको सीमा सील गर्न लगाएर बैठकहरु सञ्चालन गरेका हुन ।लकडाउनको बहानामा गाउँमा कसैलाई प्रवेश गर्न निषेध गरिएको छ भने न कसैलाई गाउँ बाहिर जान दिइएको छ ।
योसँगै सुरक्षाबलमाथि हमला गर्नका लागि यिनीहरुको टेक्निकल काउन्टर अफेन्सिभ क्याम्पेन (टिओसी) पनि तीब्र भएको छ ।
बस्तरको छिमेकी राज्यमा नक्सलवादीहरुको आवागमन भइरहन्छ । देशमा कोरोना भाइरस फैलिनु अघि नै हरेक वर्ष खास दिनमा सञ्चालन हुने काउन्टर अफेन्सिफ क्याम्पेन अर्थात् आक्रामक प्रत्याक्रमणको अभियान शुरु भइसकेको थियो ।
प्रहरीको जासुसी विभागका सूत्रहरुका अनुसा, कोरोना अघि नै आन्ध्र प्रदेश, तेलंगाना र महाराष्ट्रका नक्सलवादीहरु बस्तरमा आइसकेका थिए ।
अहिले बाहिरबाट नयाँ नक्सलवादी भने उक्त क्षेत्रमा आएका छैनन् तर पहिलादेखि नै त्यहाँ रहेका नक्सलवादीहरुले सामाजिक दूरीको साटो जनतासँग सामाजिक निकटता बढाइरहेका छन् ।
प्रत्याक्रमणको अभियान सफल पार्न उनीहरुले गाउँ गाउँमा बैठक सञ्चालन गरेका छन् । उनीहरुले सडक भत्काउनुका साथै पर्चा वितरण गरेका छन् । साथै कार्वाहीका ससाना कार्यक्रम पनि अगाडि बढाएका छन् ।
समाचार अनुसार, लकडाउनको फाइदा उठाएर नक्सलवादीहरुले कैयन क्षेत्रमा प्रहरी जवानमाथि हमलाको योजना समेत बनाएका छन् ।







