
कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर १ लाख २७ हजार ५३ जनाको मृत्यु भइसकेको छ ।
सबैभन्दा बढी इटालीमा १८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकामा मृतकको संख्या १८ हजार नजिक पुगेको छ । स्पेनमा १६ हजार नजिक पुगेको छ । फ्रान्समा १२ हजार, बेलायतमा ९ हजार, इरानमा ४ हजारको मृत्यु भइसकेको छ ।
विश्वभर कोरोना भाइरसको संक्रमित संख्या साँढे १६ लाख कटेको छ । निको भएकाको संख्या साँढे १३ हजार कटेको छ ।
देश मृतक
अमेरिका- १८६३७
स्पेन- १६०८१
इटाली- १८८४९
जर्मनी- २७६७
फ्रान्स- १३२१५
चीन- ३३४३
इरान- ४२३२
बेलायत- ८९७४
टर्की- १००६
बेल्जियम- ३०१९
स्वीटजरल्यान्ड- १००२







