
चीनको वुहानकी शी जेंगली नामकी एक महिला कोरोना भाइरसको महामारीसँग लड्न तयार भएकी छिन्।
उनले कोरोना भाइरसको पहिलो केस देखिएको केही दिनमै ‘जीन सिक्वेन्स’ पत्ता लगाएकी थिइन्। तर, त्यतिबेला उनको उल्लेखनीय खोज विश्वसामु ल्याउनबाट अल्मल्याइयो। तर पनि उनी यस महामारीविरुद्ध लडनका लागि अनुसन्धान तथा खोजबाट पछि हटेकी छैनन्।
उनलाई विश्वास छ की आफूले कोरोना भाइरसविरुद्धको लडाइबाट विश्वलाई बचाउन सक्छु। शी जेंगली विश्वका शीर्ष अनुसन्धानकर्ता मध्येकी एक हुन् जसले चमेराका गुफामा सार्सजस्ता दर्जनौं प्राणघातक भाइरसका बारेमा खोजी गरिसकेकी छिन्।
उनले डिसेम्बरको अन्त्यमा वुहानमा फैलिएको कोरोना भाइरसका बारेमा पत्ता लगाएकी थिइन्। पछि यसलाई नोभल कोरोना भाइरस नाम दिइयो। कोरोना भाइरस पत्ता लगाएको ३ दिनमै उनले यसको जीन सिक्वेन्सिङको प्रक्रिया पूरा गरेकी थिइन् ।
उनले यसको ९६ प्रतिशत प्रकृति युनानमा पाइने चमेरामा हुने भाइरससँग मिल्ने गरेको तथ्य पत्ता लगाउन सफल भइन्। वषौँ तथा महिनौँ लाग्ने जीन सिक्वेन्सिङको प्रक्रियालाई उनले ३ दिनमै पत्ता लगाउन सक्नु सामान्य कुरा हैन्।
चिनियाँ अधिकारीले सुरुमा यो भाइरस बारे बाहिरी विश्वलाई सूचना लुकाउने प्रयास गर्दा उनको यो खोजी पनि लुकाइएको डेलिमेलले जनाएको छ।
कोरोनाले विश्व महामारीको रुप ल्याएपछि अहिले आएर उनको खोजको पनि उजागर भएको हो।







