
पछिल्ला पाँच हप्तामा दुई करोड ६० लाख अमेरिकी नागरिकहरु बेराजगार भएका छन् । बेरोजगार भएको यो जनसंख्या अमेरिकी रोजगारप्राप्त जनसंख्याको १५ प्रतिशत हो ।
लकडाउनका कारण साना व्यवसायहरु एकदमै नराम्ररी प्रभावित भएका छन् । उनीहरुका लागि सरकारले ३ खर्ब ४९ अर्ब डलरको कार्यक्रम ल्याएको थियो तर दुई हप्ता नबित्दै उक्त रकम सकिएको थियो ।
तथ्यांक एकदमै आश्चर्यपूर्ण छ, त्योभन्दा आश्चर्यपूर्ण दयनीय प्रत्येक संख्यापछिको मानवीय कहानीहरुको छ ।
कोभिड-१९ को महामारीका कारण आफूलाई अनपेक्षित प्रतिकूल अवस्थामा पाएका केही अमेरिकीहरुको कथा यस्तो छ ।
१. केरियन ब्याल्यान्को (३० वर्ष) चिडियाखानाको हेरचाह गर्ने काम, सिकागो
ब्रुकफिल्ड चिडियाखानामा म चिम्पान्जीहरुको हेरचाहको काम गर्थेँ । यो क्षेत्र निकै नै प्रतिस्पर्धात्मक छ । यसका लागि तपाईंले चार वर्षको साइन्स डिग्री हासिल गरेको हुनुपर्छ र तलबी कर्मचारीको रुपमा काम गर्न अघि तीन पटकसम्म बेतलबी इन्टर्नसिप गरेको हुनुपर्छ । तर यो अनुभव निकै नै मूल्यवान छ ।
म पहिलोपटक यो कामबाट निकालिनु पर्यो । म आश्चर्यचकित छु किनभने चडियाखानामा हेरचाह गर्ने काम एकदमै सुरक्षित मानिन्थ्यो । एकपटक प्रवेश पाईसकेपछि तपाई जीवनभरी ढुक्क भएर बस्न सक्नुहुन्थ्यो । जनावरहरुलाई सधै हेरचाह आवश्यक हुन्छ यसकारण हाम्रो काम पनि सधै महत्वपूर्ण हुने हामीलाई भनिएको थियो । म जुनियर स्तरको कर्मचारी थिए र मलाई विदा दिईएको थियो । मेरा श्रीमान पनि विदामा थिएँ मभन्दा दुई हप्ता अघिदेखि । उनी रेस्टुरेन्टमा कर्मचारी थिए ।
हाम्रो अवस्था एकदमै तनावपूर्ण छ । तर भाग्यवश हामीसँग केही चेकहरु छन् जसबाट हाम्रो गुजारा भइरहेको छ । अहिले मलाई केको बिल तिर्ने के को नतिर्ने भनेर निर्धारण गर्न नै गाह्रो भएको छ । मैले मेरो विद्यार्थी ऋण तिर्नु की नतिर्नु म दोधारमा छु ।
अब म चिडियाखानाको काममा कहिल्यै फर्किन सक्दिनँ । मलाई यसको चिन्ता छ ।
२. स्टानले चेन, अटोमोटिभ टेक्निशियन, ५९, टेक्सस, हसटन
म वेस्टसाइड लेक्सस कार डिलरमा कर्मचारीको रुपमा कार्यरत थिए । म त्यहाँ मेन्टेनेन्स, रिपेयर र पार्ट्नसहरु रिप्लेस गर्ने काम गर्थेँ ११ वर्षदेखि । तर हामीलाई अप्रिलदेखि कामबाट हटाइयो । मेरी श्रीमतीको हेयरकट सलुन पनि बन्द भएको छ ।
अमेरिकामा बेरोजगारीको समस्या झेलिरहेको मेरो जीवनकै यो पहिलो अनुभव हो । म ३० वर्षदेखि अटो टेक्निशियनको काम गरिरहेको थिएँ । दुई हप्ता अघि मेरो मेनेजरले मलाई मैले राम्रो काम गरिरहेको भनी मलाई म्यासेज गरेका थिए मलाई खुशी लागेको थियो उनले मलाई अझै सम्झदा रहेछन् ।
बेरोजगारको आवेदन भर्न एकदमै अप्ठ्यारो भइरहेको छ मलाई । सिस्टम लग आउट भइरहन्छ । सबै विवरणहरु भर्न मलाई धेरै दिन लागेको थियो । मैले केही दिन अघि मात्र पहिलोपटक राहत रकम पाए ।
हामीसँग अहिले केही छैन । यसअघि हामीसँग अर्को सलुन पनि थियो तर हार्भे तूफानले त्यो क्षेत्र नै तहसनहस बनायो । यसकारण हामीले पैसा पनि गुमायौं ।
अहिले म मेरी श्रीमतीलाई घरभित्रको काम सहयोग गरिरहेको छु । हामी नजिकैको अस्पताललाई डोनेट गर्न कटन मास्क बनाउने गर्छौं ।
३. र्याचल स्टर्नर, ३५ वर्ष, ह्यारी पोर्टर एण्ड द क्रस्ड चायल्डको स्टेज मयानेजर, न्यू योर्क
मलाई मेरो कामसँग प्रेम छ । सोको लागि कलात्मक समायोजनलाई व्यवस्थापन गर्नु मेरो जिम्मेवारी थियो । मेरो काम सुन्दर र चुनौतीपूर्ण थियो ।
१२ मार्चमा हामीलाई हाम्रा सबै ब्रोडवेज सोहरु ३० दिनका लागि बन्द हुने जानकारी गराईयो । त्यस बेला यो ३० दिनको सटडाउन कस्तो होला भनेर बुझिएन । अहिले म आफ्नो लागि फोटोसपको काम सिक्दै छु साथै केही अनलाइन कामहरु पनि गरिरहेकी छु ।
थिएटरमा कामबाट निकालिनु सामान्य कुरा हो तपाई अर्को परियोजनामा पनि काम गर्नसक्नुहुन्छ । तर यो अवस्था फरक छ । मैले लामो समयसम्म काम पाउनसक्ने छैन । हामीले सानो क्षमताको सोहरु गर्यो भने पनि मान्छेहरु हेर्न आउने छैनन् र मानिसहरुसँग यसका लागि खर्च गर्ने पैसा पनि छैन ।
४. जोन डिग्नान, रियल स्टेट एजेन्ट, ५२ वर्ष, लास भेगस, निभादा
मैले आफ्नै रियल स्टेट एजेन्टको कम्पनी थाल्न जनावरीमा भवन निर्माण कम्पनीको जागिरबाट राजीनामा दिए । मसँग छ महिनाको सेभिङ पनि थियो । तर आफ्नै व्यवसाय थाल्न पनि समय लाग्थ्यो । यो बीच यस्तो महामारी फैलियो एकदमै खराब समय रह्यो ।
अहिले मानिसहरु घर खोजिरहेका छैनन् । मसँग काम गरिरहेका दुईजना कर्मचारीहरु कामबाट निकालिसकेका छन् । म केही लगानीकर्तासँग पनि साझेदारी गरिरहेको थिए । तर उनीहरु अहिले लगानी गर्न तयार छैनन् । यो संकट टर्ने प्रतिक्षामा छन् उनीहरु पनि ।
सामान्य तय म बेरोजगारको कोटाभित्र पर्दिन । तर जब उनीहरुले द केयर्स एक्ट पारित गरे तब यसले स्वरोजगारलाई पनि सहयोग गर्यो । मैले आवेदन दिए । तर मैले हालसम्म कुनै रकम पनि प्राप्त गर्न सकेको छैन । सरकाले करदातालाई फिर्ता गर्ने स्टिमुलस चेकको १२ सय डलर पनि मैले फिर्ता पाएको छैन । जब म अपडेटको लागि कल गर्छु तब फोन लाइन सधै व्यस्त हुन्छ ।
म एकदमै तनावमा छु । अर्थतन्त्र धराशायी हुँदैन । अर्कोतिर महामारीको डर छ । एक महिनालाई पुग्नेभन्दा धेरै सेभिङ पनि छैन ।
-एजेन्सीहरुको सहयोगमा







