DENVER, CO – JANUARY 10: Furloughed Housing and Urban Development employee Cheryl Cozad chants as she and other federal government shutdown rally protestors march around the US Custom House Thursday, Jan. 10, 2019 in Denver, Colorado. Almost a quarter of the federal government has been shutdown for 19 days. (Photo by Michael Ciaglo/Special to the Denver Post)

कोरोना भाइरसको महामारीको असर सबैभन्दा धेरै अमेरिकामा देखिएको छ ।

विश्वकै बलियो अर्थतन्त्र भएको अमेरिका चुनावको तयारीमा रहँदा कोरोना महामारीले धेरै क्षेत्र अस्तव्यस्त बनाएको छ । खासगरी अर्थतन्त्रमा यसले गम्भीर असर पुर्याएको छ । विज्ञहरुले अमेरिकाको अर्थतन्त्र फेरि उकासिनका लागि केही महिना नभएर केही वर्ष लाग्ने टिप्पणी गरेका छन् ।

साना तथा मध्यम स्तरका व्यवसाय ठप्प छन् । कतिपय ठूला रेष्टुरेण्ट बन्द भएका छन् । भीडभाड हुने अधिकांश कार्यालय बन्द छन् । साथै अर्बौँ आम्दानी भइरहने हवाइ क्षेत्र ठप्प छ ।
यस्ता धेरै क्षेत्र बन्द हुँदा अमेरिकी अर्थतन्त्रमा गम्भीर असर पुगेको बताइन्छ ।

यससँगै अमेरिकामा हरेक हप्ता लाखौँ युवाहरुले बेरोजगारी सुविधाका लागि फारम भर्ने गरेका छन् । कतिपय स्थानमा घण्टौँसम्म खानाको लाइनमा बस्नुपर्ने उनीहरुको बाध्यता छ । यसले अमेरिकामा दिर्घकालिन असर पुगेको टिप्पणी हुन थालेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पूर्ण रुपमा लकडाउन घोषणा नगरे पनि भीडभाड हुने ठाउँ बन्द गर्न र सबैलाई घरभित्रै बस्न आग्रह गरेका छन् ।

राष्ट्रपति यसबारे गम्भीर नभएको र राजनीतिक टिप्पणी गरिरहेको भन्दै आलोचित समेत बन्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार