
केही पश्चिमा सञ्चारमाध्यमले प्रजग कोरियाली सर्वाेच्च नेता किम जङ उनका स्वास्थ्यको विषयमा गलत र भ्रामक समाचार प्रकाशित गरेका थिए । तर, उनीहरूले भनेजस्तै नेता किम बिरामी नभएको प्रजग कोरियाका आधिकारिक समाचार संस्था केसीएनएमा प्रकाशित विभिन्न समाचारमार्फत पुस्टि हुँदै छ ।
नेता किमले सोमबारमात्र प्रजग कोरिया सरकारको तर्फबाट दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसालाई शुभकामना सन्देश पठाउनुभएको समाचार केसीएनएमा प्रकाशित छ । उहाँले दक्षिण अफ्रिकी स्वतन्त्र भएको अवसरमा दक्षिण अफ्रिका जनतालाई शुभकामना सन्देश पठाउनुभएको थियो । यस्तै अप्रिल २२ मा नेता किमले सिरियाका राष्ट्रपति बसार अल असादबाट प्राप्त सन्देशको जवाफी सन्देश पठाउनुभएको छ ।
सन्देशमा उहाँले प्रजग कोरियाका राष्ट्रपति किम इल सङप्रति न्यानो सम्मान व्यक्त गर्दै पठाइएको सन्देशप्रति हार्दिक आभार व्यक्त गर्दै नेता किम इल सङ कोरियाली जनता र सम्पूर्ण विश्वका प्रगतिशील जनताको मन मनमा रहेको बताउनुभयो । यो वर्ष किम इल सङको १०८ औं जन्म दिवस मनाइएको थियो ।
त्यस्तै नेता किमले अप्रिल २० मा अर्को समाजवादी देश क्युवाका राष्ट्रपति मिगुएल मारिओ डायज कानल ब्रमुडेजलाई उहाँको ६० औं जन्म दिनको अवसरमा शुभकामना पत्र पठाउनुभएको समाचार केसीएनएमा प्रकाशित छ ।
पत्रमा भनिएको छ, “क्युवाली जनताको सङ्घर्षले समाजवादका उपलब्धिको रक्षा, आर्थिक–सामाजिक विकास, आक्रामक शक्तिको निर्लज्ज नाकाबन्दीको पराजय राष्ट्रपति मिगुएलको नेतृत्वमा प्राप्त हुनेमा खुसी व्यक्त गर्दछौँ ।”
नेता किमका यस्ता लगातारका गतिविधिले उनको बारेमा प्रकाशित समाचार सबै झूट भएको र साम्राज्यवादी सङ्घर्षमा उन अझै सशक्त भएर लड्न सक्षम छन् भन्ने कुरामा संसारका साम्राज्यवादविरोधी प्रगतिशील जनतालाई ढुक्क बनाएको छ ।
उत्तर कोरियाली समाचार संस्था केसीएनएको सहयोगमा अनलाइन मजदुरबाट ।







