२० औं शताव्दीको अन्त्य र २१ औं शताव्दीको शुरुमा पुँजीवादी कर्पोरेटहरुद्धारा संचालित चर्चित मिडिया ब्रिटीश ब्रोडकास्टिन कर्पोरेसन (बीबीसी)ले एउटा सर्वेक्षण गर्यो ।

त्यो सर्वेक्षण थियो, १ हजार वर्ष अर्था्त सहस्राव्दीको युगमा विश्व मानवजातीको इतिहासमा सबैभन्दा प्रभावशाली मान्छे को छ ?

बीबीसीले गरेको उत्त सर्वेक्षणमा कार्लमाक्र्सदेखि थुप्र्रै दार्शनिकदेखि वैज्ञानिक र राजनीतिकलगायत कयौं मान्छेलाई उत्त सर्वेक्षणमा सहभागी गराइएको थियो ।

त्यो सर्वेक्षणले देखायो, कार्ल माक्र्स नैं सबैभन्दा पहिलो प्रभावशाली मान्छे हुन् । हुन त उनी १९ औं शताव्दीका मान्छे थिए तर २१ औं शताव्दीमा आएर पनि उनी १ हजार वर्ष अर्थात् सन् १००० देखि २००० वर्षसम्मको इतिहासमा उनी सबैभन्दा प्रभावशाली व्यक्तिको रुपमा देखा परे ।

त्यो सर्वेक्षणले माक्र्सपछि दोस्रो प्रभावशाली व्यक्तिका रुपमा चर्चित वैज्ञानिक अल्बर्ट आइन्सटाइनलाई देखाएको छ । गज्जवको कुरा आइन्सटाइन पनि माक्र्सवादी या समाजवादी थिए । उनले विज्ञानको क्षेत्रमा ठूलो चमत्कार त गरे नैं त्योसँगैं उनले मानवजातीका लागि सबैभन्दा सही बाटो समाजवाद भएको निश्कर्ष निकाले । उनको सबैभन्दा चर्चित किताब समाजवाद नै किन ? भन्ने रहेको छ ।

सहस्राव्दी प्रभावशाली तेस्रोमा वैज्ञानिक सर आइज्याक न्युटन, चौथोमा चाल्र्स डार्विन, पाँचौंमा थोमस आक्युनेस र छैठौंमा स्टेफन हकिन रहेका छन् ।

यसरी बीबीसीले गरेको सर्वेक्षणले कार्ल माक्र्सलाई जुन प्रभावशाली व्यक्तिको रुपमा छान्यो त्यो आजका माक्र्सवादीहरुलाई ठूलो खुशीको कुरा हो ।

धेरैंले माक्र्सवाद असान्दर्भिक भएको भन्दैं गलत बाटो रोजिरहेको बेला माक्र्सका अनुयायीहरुले आज झन् माक्र्सका सिद्धान्तलाई दह्रोसँग पक्रेर अघि बढ्न हौसला प्रदान गर्दछ ।

माक्र्सका धेरैभन्दा धेरैं सिद्धान्तहरु आज पनि सयम सान्दर्भिक छन् र भोलीपनि रहिरहनेछन् तर उनका केही एक दुईवटा सिद्धान्तमा आजका क्रान्तिकारी माक्र्सवादीहरुले थप विकास गरेर जानु पर्ने देखिन्छ ।

त्यसो गर्दा माक्र्सको अवमुल्यन र तोडमोड होइन थप विकसित र समृद्धिकरण नै हुनेछ । किनकि माक्र्सवाद भनेको कुनैं जडसुत्र, वेद पुराण र बाइवल होइन ।

लेनिनले भने भनेजस्तैं माक्र्सवाद त गतिशील विज्ञान हो, विज्ञानले सधैं विकासको माग गर्दछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार