‘लाने भए चाँडै आऊ, यहाँ त अर्र्कैलाई दिनलागेका छन्।’

महाभारत शान्ति पर्ब—
जात्या च सदृशा सर्वे कुलेन सदृशास्तथा — मानिस जात र कूलमा समान छ।
बाल्मिकी रामायण ः पहिले वर्ण ब्यबस्था थिएन।
आर्यहरुले गाउने ऋचा —
समान मनः समानी वः आकृति समानी हृदयानी

३००० बर्ष देखि १००० ई.पू.सम्म ऋग्बेद काल मानिन्छ। यसबेलासम्म कुनै वर्ण ब्यबस्था देखिएको थिएन। प्रकृतिबाट मानिसहरु समान रुपमा आएका थिए। ई.पू. ३००० बर्ष अगाडि इरान अफगानिस्थान हुदै आर्यहरु भारतमा पसेका हुन्। त्यस पछि आर्यहरुले त्यहाका द्राबिड र आस्ट्रियनप्रति हस्तक्षेप गरे। शुरुमा जात भन्ने चीज रङ्गबाट बिभाजन भएको देखिन्छ। द्रबिडहरु काला राता र पहेंला थिए भने आर्याहरु गोरा थिए। ई.पू. १५०० बर्षपछिमात्र वर्ण ब्यबस्था शुरु भएको मानिन्छ। यस अनुसार चार वर्णको बिकास भयो।

चार वर्ण

१) ब्राम्हण ः २) क्षेत्री ३) वैश्य –कृषि ब्यापार, ४) शूद्र श्रम तथा शिल्पकार गरी ४ वर्ण बिभाजन भएको हो। चार वर्ण शुरुवात भएको १००० बर्षपछि मात्र छुवाछुत ब्यबस्था शुरुभएको हो। ईशाको प्रथम शताब्दिमा नेपालमा मंगोल मूलका किराँत राज्यहरु थिए। मुन्धुम किराँतहरुको शास्त्र थियो। किराँतहरुमा बर्ण ब्यबस्था थिएन। भारतमा मुशलमानले हमलागरेपछि हारेका आर्यहरु कर्णलीमा आएर बसेको देखिन्छ। यस समय हिन्दू लिच्छिबीबाट नेपालमा वर्ण ब्यबस्था शुरुभएको बुझिन्छ। मल्लकालमा जयस्थितिमल्लले ४ वर्ण ३६ जात बनाएका थिए। गोर्खाका राजा रामशाहले पनि जाति ब्यबस्थाको बिकास गरेका हुन्। बि सं १९१० मा जंगबहादूर राणालेले ल्याएको पहिलो मूलुकी ऐनमा कानूनी रुपमा छुवाछुत देखापरेको हो। भारतीय राजनीतिज्ञ डा. भीम रावल अम्बेडकरले दलित शब्दको प्रयोग गरेका थिए। नेपालमा २०२४ सालमा दलित जनबिकास संगठनमा दलित शब्द प्रयोग भएको पाइन्छ। आज नेपालमा एउटै धर्म, एउटै एउटै बंश, एउटै सँस्कृति, एउटै परंपरा र एउटै भाषा, शोषण, उत्पीडन र बहिष्करणबाट कथित दलित देखापरेका छन्। के ब्राम्हण, के दलित एउटै मूलबाट आएका देखिन्छन्। पछि सामन्ति ब्यबस्थाले नै छुवाछुत ब्यबस्थालाई मलजल हालेको हो।

आर्यमा ब्यबसायमा बिकास, आर्य र गैरआर्यामा द्वन्द र मिलन , बिबाह र रक्त मिलनको समश्याबाट जातपात ब्यबस्था आएको स्पष्ट हुन्छ। गरीब र गैर आर्या तथा युद्धबन्दीलाई शूद्र भनिन थालियो। बिष्णु पुराण अनुसार शुद्रले आफ्नी स्वस्नीलाई ब्राम्हणको सेवामा अर्पणगर्नु पथ्र्याे। भौगोलिक बिबिधतामा पनि छुवाछुतलाई निर्धारण गरिएको थियो। तराईमा लोहारलाई पनि छुत मानिन्छ। राई लिम्बू, मगर, गुरुङ्ग,आदिका पूर्खा किरात( मंगोल) लाई एकपटक शूद्र र अर्को पटक क्षेत्री भनिन थाल्यो। पुराण अनुसार जाने हो भने शुद्र पनि ब्राम्हण भएको मानिन्छ। उपनिषद अनुसार पारासर ऋषी चण्डाल्नीबाट, बशिष्ठ बेश्याबाट , बिश्वामित्र क्षेत्रीनीबाट, भारद्वाज शूद्रबाट र नारद दासीबाट आएको मानिन्छ। यहाँका उपल्लो जात भनिने ब्राम्हण र क्षेत्री पनि शूद्रबाट आएका हुन्। तर जातपात भन्ने कुरा मान्छेले नै मान्छेलाई शोषणगर्न बनाएको हो। पछि मात्र शूद्रलाई दमन गर्न ब्रम्हाको मुखबाट ब्रह्मण, हातबाट क्षेत्री , जाँघबाट वैश्य र खुट्टाबाट शूद्र भन्ने अर्थलगाएर शूद्रलाई तल्लो जात मानियो। द्वन्द्वात्मक भौतिकबादी दृष्टिले हेर्ने हो भने बिकासबादी सिद्धान्तबाट नै आखेट युग हुदै समाज अगाडि बढेको छ। आदिम साम्यबाद, दास युग, सामन्ति युग हुदै पुँजिबादी युगमा समाज अगाडि बढेको छ। एकता संघर्ष रुपान्तरणको माध्यमबाट समाज अगाडि बढ्छ र बैज्ञानिक समाजबादमा पुग्छ। बर्ग संघर्षबाट नै नयाँ राज्यब्यबस्था आएको हुन्छ। बिना रक्त पात र सशस्त्र बिद्रोह बिना परिवर्तन आएको हुदैन। ईतिहासले नै सिद्धगरेको छ।

प्रेमिका लिनजादा सामूहिक हत्या

घटना हो जेष्ठ १० गते जाजरकोट भेरी नगरपालिका ४ राना गाउँका नवराज बि क.र प. रुकुम चौरजहारी निबासी सुष्मा मल्लका प्रेम बिबाहमा परिणत गर्न खोज्दा नवराज बि.क सहित उनका साथीहरुको ज्यान गएको छ। बेहुली लिन भनी जन्तिगएका १२ जनालाई गाउँ नै मिली घेराहाली लखेटदै भेरीसम्म लगेर ६ जनालाई भेरी नदीमा फादिदिएका हुन्। पहिले ३ जनाको शब भेटिएको छ भने अर्को दिन २ जनाको शब भेटिएको छ। ५ दिन पछि छैटौं शब भेटिएको हो। स्थानीय दुई जनाले शब नदीको किनारमा भेटाउँदा दुबै हातलाई पछाडिबाट बाँधिएको अवस्थामा भेटिएको थियो भन्ने कुरा समाचारमा आएको छ। डाक्टरी जाँचगर्दा कुनैको पनि पेट र फोक्सोमा पानी जमेको थिएन। ज्यादै दुःखद कुरा छ। यस्तो नृशंस बरबर हत्या २१ औं शताब्दिमा नेपालमा लोकतन्त्र कै कलंकको रुपमा भएको छ। निर्मला बलात्कार हत्या काण्ड पनि नेपालमै भएको छ। बलात्कारका घटना पहिले पनि थिए तर श्रृंखलाबद्ध दर्जनौ घटना अहिले २।३ बर्षमा मेटिएका छन्। तर निर्मलाको हत्या प्रकरणमा अपराधी अझैसम्म सार्वजनिक हुनसकेको छैन। ठूलाबडा भनिनेबाट यस किसिमको अपराधिक घटनाभएकोले अझैसम्म रहश्यमय छ। यस्तै कुमार पौडेललाई बाटामा हिँड्दा गोली हानी गरिएको हत्याले पनि सबै न्याय प्रेमीको मुटुछोएको छ। मानब अधिकार हराएको छ। यस घटनालाई मानब अधिकार आयोगले जनताको बाँच्न पाउनुपर्ने अधिकारलाई हनन्गरेको ठहरगरेको छ। अहिले उपल्लो जात भनिनेले तल्लो जात भनिनेलाई सांसाँझै नदीमा लगी ढुङ्गा मुढागरी लिङ्गसमेत काटी नृशस हत्यागरिएको जनाइएको छ। कस्तो बिडम्बना बल छ भन्दैमा यस्तो अपराध गर्न पाइन्छ? खै अहिलेसम्म यसबारे न त प्र.म.बाट केही दुःख ब्यक्तगरिएको कुरा आएको छ न त सत्ताधारी नेताहरु नै बोलेका छन्। ढीलो भएपनि आज जेष्ठ २० गते डवल नेकपाका महासचिब बिष्णु पौडलबाट यस घटना प्रति खेदप्रकट गरिएको छ। यो सकारात्मक पक्ष हो तर दोषीलाई कारबाहीगरेको हेर्न बाँकी छ। यो त साझा अपराध हो। जुन बेला पनि जसलाई पनि पर्न सक्छ। कहिले रात बडा कहिले दिन बडा।

यसमा मल्ल ठकुरी परिवारमात्र होईन, सिंगो दलाल पुँजिबाद जबाफदेही छ। अन्धबिश्वास र कुरीतिले छुवाछुतलाई बढवादिएको छ। समाजमा बर्गीय बिभेद छ। त्यसैले मानिसहरुले आआफ्नो बर्गीय दृष्टिकोणले यसलाई बुझ्छन्। यस नृशंस घटनाको सत्य तथ्य कुरा बुझ्न भौतिकबादी दृष्टिकोण आवश्यक पर्छ। आध्यात्मबादले अन्धबिश्वास बढाएर समाजमा बिकृति बिसंगती ल्याउँछ। कथित दलितप्रति लादिएको छुवाछुत मानब सृजित बिभेद हो। यसलाई बैज्ञानिक बिचाराबाट अन्त्यगरिनु पर्छ। सृष्टीको एकै दिनमा आजको मान्छे आएको हो कि अक्टोपस, बाँदरबाट बिकसितहुदै मान्छे आएका हुन? यो कुरा जान्न जरुरी छ। जीवन र जगतको जानकारी भए पछि सबै बिभेदको हलहुन्छ। के नवराज मान्छे मान्छे होइन? के उसको रगत तातो र रातो हुदैन? धेरै परको कुरा किन गरौं? जयस्थिति मल्ल अगाडि नेपालमा दलित भन्ने बिभेद थियो? पृथ्बी नारायण शाहले जवरजस्त दशैं मान्न लगाएका हुन्। दशैं नमान्नेलाई मृत्यूदण्ड दिएको थाह छ कि छैन? यो कुरा गंभीर छ। के गौतम बुद्धले जातपात सबै समान छन् भनेका होइनन्? यसै सन्दर्भमा जनचेतनाका लागि यस पंक्तिकारले प्यूठान जिल्लामा नेकपा मसालको आयोजनामा सहभोजमा सहभागी भएको अनुभूतिगर्दा खुशीलाग्छ। ब्राह्मण र क्षेत्रीले यस प्रकारको सहभोज गराउनु आवश्यक छ। सरकारले पनि यसप्रकारको भोजको आयोजनागर्नु पर्छ।

रुकुम सोतीमा भएको जघन्या हत्याबारे सरकारी नेकपाका प्रमुख नेताहरु किन बोल्दैनन्? यस जघन्य हत्याको अन्तराष्ट्रीयकरणभएर संयुक्त राष्ट्रसंघमा पुगेको छ। संघले २१ औं शताब्दिमा जातीय बिभेदमा हत्यागरिनु कलंकको ईतिहास हो भन्दै खेद प्रकट गरेको सुन्नपाइन्छ। एउटा प्रेम प्रसंग। लाने भए चाँडै आऊ , मलाई अन्यत्र दिनलागेका छन्’ भन्दै सुष्माबाट नवराजलाई फोन आयो। नवराज पनि खुशीहुदै साथी सहित बेहुली लिन गए। तर रक्तपात। बिभत्स हत्या। यो देशकै कलंक हो। कालो ईतिहास हो। नवराज र उनका साथीहरु साँस्कृतिक प्रतिक्रान्तिका सहिदहरु हुन्। सरकारले उनीहरुलाई सहिद घोषणागर्नु पर्छ।

मृतकलाई हार्दिक श्रद्धान्जली! परिवारजनलाई गहिरो समबेदना!

०७७। २। २१ ,।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार