सैन्य शक्तिमा भारतभन्दा तीन गुणा ठूलो चीनसँग भारतको युद्ध भए त्यसको परिणाम के होला ?

भारत र चीनबीच पटक पटक युद्ध भएको छ । तर, दुवै पक्षबीचको झडपमा कुनै पनि सैनिक नमरेको ४५ वर्ष भइसकेको थियो । सोमबार दुवै तर्फ सैनिक हताहती भएपछि ४५ वर्षसम्मको शान्ति तोडिएको छ ।

भारतका २० सैनिकको मृत्यु भएको पुष्टि भइसकेको छ । चीनतर्फ हताहती भएपनि संख्या यकिन भनिएको छैन । तर, भारतको भन्दा चीनको बढी संख्यामा सैनिक मारिएको अपुष्ट समाचारहरु आइरहेका छन् ।

भारत र चीनबीच युद्धको कालो बादल मडारिइरहेको छ । वास्तवमा यी दुई देशबीच युद्ध भएमा परिणाम खरनाक हुनसक्छ । चीन विश्वकै बढी जनसंख्या भएको देश हो । भारत दोस्रो बढी जनसंख्या भएको मुलुक हो । दुवै देश आणविक अस्त्रले सम्पन्न देश हुन् ।

भारतभन्दा चीन झण्डै तीन गुणाले ठुलो छ । चीनले रक्षामा २२८ अर्ब डलर खर्च गर्छ भने भारतले प्रतिवर्ष झण्डै ५६ अर्ब डलर खर्च गर्छ ।

कुल ग्राहस्थ उत्पादनको २.५ प्रतिशत भारतको रक्षा बजेट छ भने चीनको १.९ प्रतिशत छ । अमेरिकाको कुल रक्षा बजेटको ३७ प्रतिशत चीनको छ र ९ प्रतिशत भारतको देखिन्छ ।

चीनमा २३ लाख सैनिक छन् । कुल ३८ करोड ५८ हजार सैन्य गतिविधिका लागि तयारी अवस्थामा छन् । भने भारतमा २१ लाख ४० हजार सैनिक र अर्धसैनिक बल छन् । कुल ३१ करोड ९१ लाख आवश्यकता अनुसार सैन्य गतिवधिमा तयारी अवस्थामा छन् ।

चीनसँग ७ हजार ७ सय ६० छ भने भारतसँग ४ हजार ४ सय २६ सैन्य ट्यांक छ । चीनसँग युद्धका गाडी६ हजार छ भने भारतसँग ५ हजार ६ सय ८१ छ । चीनसँग ९ हजार ७ सय २६ तोप छन् भने भारतसँग ५ हजार ६७ तोप छ ।

रकेट तोप चीनसँग १७ सय ७० छ भने भारतसँग २ सय ९२ वटा छ ।

वायुसेनामा चीनसँग ४ हजार १ सय ८२ विमान छन् भने भारतसँग कुल २२ सय १६ सैन्य विमान छन् । युद्ध विमानमा चीनसँग ११ सय ५० वटा छ भने भारतसँग ३ सय २३ वटा छ ।

बहुकार्यको विमान ६ सय २९ वटा छन् भने भारतसँग ३ सय २९ छ । चीनसँग युद्धक विमान २७० छन् र भारसँग २२० छ । चीनसँग सैन्य हेलिकप्टर ११ सय ७० वटा छन् भने भारतसँग सैन्य हेलिकोप्टर ७२५ छन् ।

नौसैनिकको तथ्यांक अनुसार चीनसँग ७८० छन् भने भारतसँग कुल युद्धपोत २१४ वटा छन् । भारत र चीन दुवैसँग युद्धक विमान बाहक नौसैनिक जहाज २९२ वटा छन् । दुश्मनको जहाज ध्वस्त पार्न सक्ने चीनसँग ३६ वटा छन् र भारतसँग ११ छन् ।

फ्रिगेट चीनसँग् ५४ वटा छन् र भारतसँग १५ छन् । कोरभेट चीनसँग ४२ वटा छन् भने भारतसँग २४ छन् । समुन्द्रभित्र युद्ध गर्ने सबमेराइन चीनसँग ७६ वटा छन् भने भारतसँग १५ छन् ।

त्यसैले ठुलो सैन्य शक्ति भएका यी देशबीच युद्ध भएमा खतरनाक अवस्था आउनसक्छ । दुवै देशसँग आणविक हतियार रहेकाले युद्ध भएमा घातक हुनसक्छ । त्यसैले पनि यी दुई देशलाई संयमता अपनाउन विश्वले नै आग्रह गर्न थालेका छन् ।

आर्म फोर्सेस डट इयुको सहयोगमा

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार