
आफ्नो घर, आफ्नो आँगन कसरी सिंगार्नु पर्दछ त्यो घर परिवारको इच्छा शक्ति र चाहनाको कुरा हो । जवर्जस्ती हामीलाई अरुले धकेल्ने कुरा स्वीकार्न सकिन्न । अर्काको लगानीमा खान खोज्नेहरुले आफ्नो देशको, आफ्नो जनताको हित हितार्थ काम गर्छन् र गराउछन् भन्ने भ्रम नपालौँ ।
महाकाली संन्धिपछी नेपालले प्रतिवर्ष एक खर्ब, बीस अर्ब पाउँछ भनेको त्यो खोइ ? देशको विकास कहाँ पुग्यो ? कस कसका कति गाडी बंगला जोडिए ? र आज महाँकाली सन्धी कुन हालतमा छ ? नेपाली जनताले MCC कार्यक्रम स्विकार गर्नु पुर्व एक पटक महाँकाली संन्धि बारे जान्नु आवस्यक छ । के अब बाँकी देश बेचुवा नेपाली जनताका अभिजात लुटेरा वर्गलाई देशमा MCC लागू गर्न दिएर हेलिप्याड जोडिदिने भुल गर्न सकिएला त ? किमार्थ सकिन्न । अब हरेक जनताले यो बुझ्नु पर्दछ अमेरिकाले MCC मार्फत हामी नेपालिलाई मायाँ गरेर ५० अर्व लगानी गर्न लागेको होइन बरु यसका पछाडी उनिहरुको स्वार्थ नेपालको के के कुरामा जोडिएको छ भनेर बुझौं ।
उनिहरुका एक पछि अर्को शर्तहरुले हाम्रो स्वतन्त्र सार्वभौम मुलुकलाई कठपुतली सिवाय केही नबनाउने भएकोले हामी नागरिकले MCC को विरोध गर्नुको विकल्प छैन । फटाहा, देश बेचुवा, लुटेरा अभिजात वर्गका मुर्धन्यहरुले भनिरहेका छन MCC को बिरोध गर्नेहरु देशको विकास र समृद्दिको बाधक हुन । यी अज्ञानीहरु रहुन्ज्याल यो देशको हित हुंदैन । यस्ता वाहियत कुतर्कहरुको भ्रममा नपरौं । यी अपराधीहरु हामी सोझा साधा नागरिकलाई यस्तो आरोप लगाउँछन भने खबरदार ! तिमी राष्टिय दलालहरु लाई यो देशमा बस्ने हक छैन । उतै जाउ । जहाँ तिम्रा ख्वामितहरु तिम्रा प्रतीक्षा गरिरहेका होलान ।
हामी वर्गलाई विरोधी होइनौं । हामीलाई पनि थाहा छ कुनै पनि दाता राष्ट्रहरुको निसर्त सहयोग हाम्रो विकास र समृद्दिको साधक बन्न सक्दछ । यस्तो प्रकारको सहयोग मात्र हामीले लिने हो । जहाँ हाम्रो सार्वभौम स्वतन्त्रता र स्वाभिमानको ख्याल गरिएको हुन्छ । हाम्रो कानुन र संविधानको सम्मान भएको हुनु पर्दछ र हामी नेपाली आफ्नो विदेश नीतिबारे पंचशील को सिद्दान्तको आधारमा मात्र कुनै पनि मित्रराष्ट्र देशहरुसंग आफ्ना संम्बन्धहरुको निर्माण गर्दै आईरहेका छौँ र यसैमा अडिग रहनुमा नै हाम्रो स्वतन्त्रता र स्वाभिमानि परिचय बच्ने हो । यो हाम्रो देश प्रतिको अभिभारा हो । विदेशी दलालहरु बाई बाई ।
कुरा हाम्रा देशका नानीको बाउ पनि सति गए कि भन्ने चिन्ता थियो । तर विषयको गंभीर्यताबारे समाचार हेर्दै जाँदा सन्तोष गर्ने आधारहरु जन्मिदै गएको देख्दैछु । यो वातावरण निर्माण गर्न स्वतन्त्र सार्वभौम देशभक्त नेपालीहरुको भुमिकाले उचाई हासिल गरेको छ । यसले मुलुक हितको लागि कहाँ कहाँ कुन कुन किसिमले सकारात्मक प्रतिफल प्राप्त हुँदै गएको छ । त्यो पछि चर्चा गरौंला अहिलेलाई बल्ल नानीको बाउले खुट्टा उचाल्न खोज्दै छन भन्ने आभाष भएको छ ।
MCC र नेपाली राजनीतिको विस्फोट रुप चरम उत्कर्षतिर गैरहेको छ । देशभक्त नेपाली र देश लुटेरा नेपाली बीचमा स्पष्ट कित्तकाट हुने र यो लडाईमा देशभक्त नेपालिहरुले जित्ने विश्वास राख्नुपर्छ । स्मरण रहोस यस मामिलामा पार्टी होइन नागरिक प्रधान भएको छ ।







