
अहिले विश्व परिवेशमा हेर्दा कुनै न कुनै हिसाबमा सरकारको विरुद्धमा विरोध र प्रदर्शन भइरहेको छ । हाल संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण झण्डै करोडौंको हाराहारीमा मानिसहरुमा यो भाइरसको संक्रमण देखिएको छ । यो भाइरसको संक्रमणबाट ज्यान जानेको संख्या पनि पाँच लाख नागेको छ ।
यो भाइरस सबैभन्दा पहिला चीनको बुहान शहरमा देखिए पनि यो भाइरसबाट सबैभन्दा धेरै अमेरिका प्रभावित भएको छ । जहाँ कोरोना भाइरस संक्रमितको संख्या २५ लाख भन्दा धेरै रहेको छ । त्यसपछि क्रमश ब्राजिल, बेलायत, रुस भारत र पेरु लगायत देशहरू रहेका छन् । जुन भाइरस चीनबाट फैलिएपनी चीनमा सो भाइरस संक्रमितको संख्या ८२ हजार मात्र रहेको छ । जुन भाइरसको संक्रमणबाट मृत्युु हुनेको संख्या पनि पाँच हजारको रेसियोमा मात्र रहेको छ । यो भाइरसको संक्रमणबाट ज्यान गुमाउने संख्या सबैभन्दा बढी अमेरिकामा रहेको छ । जहाँ १ लाख ३० हजारको रेसियोमा रहेको छ । जहाँ दैनिक यो भाइरसबाट मृत्यु हुनेको संख्या पनि अत्याधिक बढिरहेको छ ।
अमेरिका संसारकै सुपर पावर देशको रुपमा रहेको छ । जुन देशको स्वास्थ अवस्था पनि राम्रो रहेको हुँदा हुँदै पनि लाखौं मानिसहरुले ज्यान गुमाउन पुगेका छन् । यो भाइरस संसारभर महामारीको रुपमा फैलिएपनी संसारभरीका शासकहरुको ध्यान केबल आफ्नो खाई पाई आएको शासन सत्ता कसरी टिकाउने हो भन्ने कसतमा लागेका छन् । जहाँ संसारभर यस्तो प्रवृत्ति हावी भएको छ । जुन नक्कली राष्ट्रवादको नाममा चुनाव आफ्नो पोल्टामा पार्ने र चुनाबी जित आफ्नो हातमा पारिसकेपछी तानाशाही व्यवस्था लागू गर्ने हामीले उदाहरणको रुपमा लिन सक्छौं
अमेरिकी राष्ट्रिपति डोनाल्ड ट्रम्पले मेक्सिकोमा पर्खाल लगाउने भनी दिएको अन्ध राष्ट्रवादको नाराले चुनाब जित्न सफल भए तर ट्रम्प प्रशासनले हाल आएर आफ्नो बाचा पूरा नगरेर त्यहाँ रहेका काला जातिमाथी दमन,अन्याय, अत्याचार गरिएको छ । त्यस्तै भारतको जम्मु कास्मीर लगायत त्यहाँका दलित र मुस्लिम समुदायमाथी मोदी सरकारले तीब्र दमन, अन्याय र अत्याचार गरिएको छ । यो पुजीवादी व्यवस्थाको उपज हो भन्ने हाम्रो विश्लेषण रहेको छ । त्यस्तै चीनको हङकङ लगायत नेपालको दलित समुदायमाथी भएको दमन पनि त्यसकै उपज हो । त्यसकारण संसारभर अहिले यस्तो प्रवृत्ति हावी भएको छ । जहाँ कुनै न कुनै हिसाबमा दमन र अन्याय अत्याचारका घटना दिन दुई गुणा रात चौ गुणा बढिरहेका छन् । नेपालका केही राजनीति दलहरू जो अहिले सरकारमा रहेका छन् । उनीहरूले चुनावको समयमा जनताले आफुहरुलाई चुनाव जितायमा सुखी नेपाली समृद्ध नेपाल बनाउने अत्यन्तै लोकप्रिय नारा दिएका थिए ।
उनीहरूको भनाई रहेको थियो । यद्यपि अहिलेको चुनाब हामीले जितेमा यहाँ रहेको महिला,दलित,मुस्लिम,अल्पसंख्यक,
रुकुमबाट चुनाव जितेर आएका पुर्व गृहमन्त्री जनार्दन शर्माले रुकुममा छ जनाको हत्या नभएको र उनीहरू आफै भेरी नदीमा हामफालेर ज्यान गएको हो भन्दै अपराधीलाई जोगाउने खालको अत्यन्तै गैरजिम्मेवार अभिव्यक्ति दिएका थिए । यो घटनामा सत्ताधारी नेकपाबाट निर्वाचित जनप्रतिनिधि नै संलग्न रहेको हुँदा यो सरकारले त्यस बिषयमा कुनैपनी किसिमको पहल चालेको छैन । त्यसकारण यो राज्यसत्ता नै जातिवादी छ । जातीय छुवाछूतलाई अन्त्य गर्ने पक्षमा देखिदैन । त्यसको विकल्प खोज्नको लागि दलित समुदाय नै अग्रसर हुनुपर्ने समय आएको छ । जातियताको नाममा राजनीति गर्ने केही राजनीतिज्ञ र दलितको नाम बेचेर खाने एनजीओ आइएनजियोका दलालहरुका कारण दलित आन्दोलन अगाडि बढ्न सकेको छैन ।
यहीँ अवस्था रहिरहने हो भने दलित समुदायले जातीय छुवाछूतका यस्ता थुप्रै घटनाहरूको सामाना गर्नु पर्ने छ । त्यसकारण यो समस्याको समाधानको लागि दलित समुदायमाथी हुने जुनसुकै घटनाको जवाफी प्रतिरोध गर्नुपर्ने समय आएको छ । त्यसको लागि दलित समुदाय नै अग्रसर हुनुपर्ने समय आएको छ । दलित समुदाय वर्गीय मुक्तिको लागि भनेर धेरैपटक लडेपनी जातीय छुवाछूतको अन्त्य भएको छैन । अब एकचोटि नेपालमा रहेका ६० लाख दलित जातीय छुवाछूतको अन्त्य गर्नको लागि आन्दोलित हुनुपर्ने समय आएको छ ।
१० बर्षे जनयुद्धको समयमा जातीय छुवाछूतका घटनाहरुमा केही कमि आएतापनी त्यसपछि चुलो छोएको निहुँमा कालिकोटका मुनबिर सुनार, अन्तर जातीय बिबाह गरेको निहुँमा दैलेखका सेते दमाई, अन्तर जातिय बिबाह गरेको निहुँमा काभ्रेका अजित मिजार, बोक्सीको निहुँमा काभ्रेकै लक्ष्मी परियार, धाराको पानी छोएको निहुँमा कालिकोटकी महिला जनप्रतिनिधि मना सार्कीको हत्या भएको छ । त्यसपछि अन्तर जातीय प्रेम सम्बन्धका कारण रुकुमको चौरझारीमा ६ जनाको ज्यान जानेगरी घटेको घटना अत्यन्तै मानवअधिकार बिरोधि जातीय छुवाछूतको प्रकाष्ट नै बन्न पुगेको छ । यी त प्रतिनिधिमुलक घटना मात्र हुन जातीय विभेद हुने यस्ता थुप्रै घटनाहरु घटेका छन् ।
त्यसकारण दलित समुदायमाथि जातीय छुवाछूतको निहुँमा गरिने जुनसुकै घटनाको जवाफी प्रतिरोध गर्ने समय आएको छ । त्यसको लागि एकचोटी साठी लाख दलित समुदाय नै गोलबन्द भइ सशक्त प्रतिरोधमा उत्रिनु पर्ने बेला आएको छ ।







